५० घरपरिवारको स्वास्थ्य बिमा

0
3

हल्दिबारी।

हल्दिबारी गाउँपालिका वडा नं. ४ ले विपन्न परिवारको स्वास्थ्य बिमा गरेको छ ।

एक कार्यक्रमकाबीच ५० घरपरिवारलाई निःशुल्क स्वास्थ्य बिमा कार्ड वितरण गरिएको हो । गत आर्थिक वर्षमा बिमा गरिएको ५० घरपरिवारको स्वास्थ्य बिमा नविकरण गरिदिएको छ ।

वडा कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत स्वास्थ्य बिमा कार्यक्रम समिटिएको छ । नयाँ बिमा गर्न र नविकरण बापत तीन लाख ५० हजार खर्च भएको वडाध्यक्ष सन्तकुमार थापाले जानकारी दिए । अति विपन्न नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर गत वर्षदेखि नै यो कार्यक्रम गरिँदै आएको उनले बताए ।

हल्दिबारी आधारभूत अस्पतालमा स्वास्थ्य उपचारको लागि २४सै घण्टा स्वास्थ्य सेवा सञ्चालन भइरहेको जनाइएको छ । वडाध्यक्ष थापाको अध्यक्षता भएको कार्यक्रममा वडा सदस्यहरू भागिरथा दाहाल, सुरेन्द्र बाराकोटी, शान्ता गहतराज, जलथल स्वास्थ्य चौकी इञ्चार्ज माधवप्रसाद यादव लगायतको उपस्थिति रहेको थियो ।

स्वास्थ्य बिमा कार्ड लागू हुने समय, यसबाट पाउने सुबिधा लगायतका विषयमा वडाका बिमा दर्ता सहयोगी प्रकाश खतिवडाले प्रष्ट पारेको कार्यक्रमको सञ्चालन वडासचिव जयप्रसाद पोखरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here