पथरीशनिश्चरेमा व्यूटीपार्लर तालिम

0
4

पथरी शनिश्चरे ,

मोरङ्गको पथरी शनिश्चरे वडा नं ७ को आयोजनामा महिला लक्षित कार्यक्रम अन्तरर्गत व्यूटीपार्लर तालिम सम्पन्न भएको छ ।

चैत २८ गतेदेखि सुरु गरिएको एक हप्ते तालिमको आज वडा कार्यालयको सभाहलमा सम्पन्न भएको हो । वडाका २२ जना महिलाहरुले तालिम लिएको उक्त तालिमको अध्यक्षता वडा अध्यक्ष उद्धवराज बस्नेतले गरेका थिए ।

तालिम समापन समारोहको अवसरमा नगर प्रमुख मोहनप्रसाद तुम्वापोले तालिममा सहभागी २२ जना प्रशिक्षणार्थीहरूलाई प्रमाण–पत्र वितरण गरेका थिए । प्रशिक्षार्थीको तर्फबाट कृतिका भट्टराईले आफ्ना कुरा राखेकी थिइन् भने तालिमको प्रशिक्षक मन्दिरा घिमिरेले गरेकी थिइन्।

वडा अध्यक्ष बस्नेतले वडाका महिला दिदी बहिनीहरु आत्मनिर्भर बन्दै अघि बढे महिला लक्षित कार्यक्रम नियमित थप गर्दै लगिने बताए । कार्यक्रममा वडा सचिव इन्दु सुवेदी, वडा सदस्यहरु नरेशबहादुर राई, मणिकुमार लिम्बू समेतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here