पथरीको मन्दिर लाइनबाट बुद्धचौकसम्मको सडकमा कालोपत्रे सम्पन्न

0
4

पथरी शनिश्चरे ,

मोरङको पथरी शनिश्चरे १ को मन्दिर लाइनबाट बुद्धचौकसम्मको सडकमा कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ।

संघीय सडक डिभिजन कार्यालयको २ करोड ६० लाख रुपैयाँको लागतमा सडकमा स्तरीय कालोपत्र गरिएको हो ।

मन्दिर लाईनदेखि बुद्धचोक सम्मको ९ सय मिटर लम्बाई र ६० फिट चौडाइको सो सडकमा कालोपत्रे गरिएको वडा नम्बर ०१ का वडाध्यक्ष भीमकुमार राईले बताउनुभयो।

मोरङ निर्वाचन क्षेत्र न. ३ बाट संघीय संसदमा निर्वाचित प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माको पहलमा दुई करोड ६० लाखको लागतमा सो सडकमा कालोपत्रे गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here