टीकाराम नेपाल सन्तति वंशावली विमोचन

0
7

सुरुङ्गा ।

घृतकौशिक प्रतिष्ठान कोटिहवनको सभाहलमा आयोजित विशेष समारोहमा टीकाराम नेपाल सन्तति वंशावली पुस्तकको विमोचन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल वंशज परिषदका केन्द्रीय उपाध्यक्ष हरिप्रसाद नेपालले सो पुस्तक विमोचन गर्दै वंशावली सङ्कलन, लेखन तथा प्रकाशनमा भूमिका खेल्ने सबैलाई धन्यवाद दिए ।

सो वंशावली तयार गर्न डिल्लीराज नेपालको संयोजकत्वमा सन्तोष नेपाल, गङ्गाराम नेपाल र राजेश नेपाल रहेको वंशावली निर्माण समिति गठन गरिएको थियो । सो कार्यक्रममा वंशावली निर्माणमा अत्युच्च भूमिका खेल्ने षडानन्द नेपाल (कनकाई), गृहनाथ नेपाल(शिवसताक्षी) र शिवलाल नेपाल ( सिक्किम भारत) लाई विशेष सम्मान गरिएको थियोे ।

कार्यक्रममा झिलझिले माविका शिक्षक नारद दवाडीले पुस्तकको समीक्षा प्रस्तुत गरेका थिए । समीक्षक दवाडीले अत्यन्तै मेहनतका साथ तयार गरिएको पुस्तकमा लेखरचना खण्ड, इतिहास खण्ड, कुलपुजा तथा संस्कार, वंशलता र परिशिष्ट खण्ड रहेका र भाषिक शुद्धताका दृष्टिले पुस्तक उत्कृष्ट रहेको बताए ।

कार्यक्रममा घृतकौशिक प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष वेदनिधि नेपाल, वर्तमान उपाध्यक्ष भीमप्रसाद नेपाल, नेपाल वंशज परिषद् झापा अध्यक्ष गिरिराज नेपाल लगायतले बन्धु एकता, एकापसी सहयोग र समन्वयका बारेमा जोड दिएका थिए ।

टीकाराम नेपाल सन्तति शाखाका अध्यक्ष डिल्लीराज नेपालको अध्यक्षता र उपाध्यक्ष गङ्गाराम नेपालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव सन्तोष नेपालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here