बजेटमा व्यापक छलफल गर्न अध्यक्ष ओलीको निर्देशन

0
5

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा केही कमीकमजोरी भए पनि त्यसमा व्यापक छलफल गरेर पारित गर्नुपर्ने बताउनुभएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा आज भएको नेकपा ९एमाले० संसदीय दलको बैठकमा उहाँले बजेटमा सघन छलफल गरेर त्यसलाई पारित गर्नुपर्छ भन्नुभयो । “बजेटलाई हामी पूर्णरूपेण समर्थन गर्दै त्यसलाई पारित गर्नेछौँ । यसको अर्थ बजेटका कमीकमजोरी नऔँल्याउने भन्ने होइन,” उहाँको भनाइ उद्धृत गर्दै दलका एकजना सदस्यले रासस प्रतिनिधिसँग भन्नुभयो ।

अध्यक्ष ओलीले आफ्नो क्षेत्रका आयोजनाका निम्ति विनियोजित रकम तथा प्रस्तावित आयोजना बजेटमा समावेश भएनभएको निक्र्योल गर्न आफ्नो दलका सांसदहरूलाई सुझाव दिनुभयो । उहाँले सरकारमा सहभागी दलसँग परामर्श गरेर सदनमा बजेट पेस भएको बताउनुभयो ।

बैठकमा पार्टी उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटका सबल र दुर्बल पक्षको समीक्षा गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here