सुखानी पर्यापर्यटन क्षेत्रमा बिरुवाहरु रोप्ने कार्य निरन्तर

0
4

अर्जुनधारा ।

झापा र इलाम जिल्लाको सीमाना अर्जुनधारा–३ र माई–४स्थित सुखानी पर्यापर्यटन क्षेत्रमा विभिन्न प्रजातीका रुख र फूलका बिरुवाहरु रोप्ने कार्यले निरन्तरता पाएको छ ।

तत्कालिन् पञ्चायत शासनबिरुद्ध आन्दोलन गर्दा मारिएका पाँच जना शहीदको घटनासँग जोडिएको उक्त क्षेत्रलाई स्थानीय सुखानी सामुदायिक वन उपभोक्ता समूहले आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि पर्यापर्यटन क्षेत्रको रुपमा विकास गरेसँगै दुवै किसिमका बिरुवाहरु रोप्ने कार्यले निरन्तरता पाएको हो ।

समूहको स्वीकृत पर्यापर्यटन प्रबद्र्धन कार्ययोजना–२०७८ अन्र्तगत विकास गरिएको उक्त क्षेत्रको सौन्दर्यकरणसँगै त्यहाँ पुग्ने सबै पर्यटकहरुको मनलाई आकर्षण गर्ने उद्देश्यले समूहले बिरुवा रोप्ने कार्य सञ्चालन गरेको अध्यक्ष मंगलसिंह लिम्बूले जानकारी दिए ।

यसैबिच ५२ औं विश्व वातावरण दिवसको सन्दर्भमा बुधबार समूहले त्यस क्षेत्रमा वृक्षारोपण कार्य सम्पन्न गरेको छ । समूहका अध्यक्ष लिम्बू र माई सब डिभिजन कार्यालयकी प्रमुख मनिषा कार्कीले संयुक्तरुपमा समीको बिरुवा रोपेर उक्त कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रम अन्र्तगत समी, वर, राङपाङ, शिरीषसँगै विभिन्न प्रजातीका रुख र फूलका बिरुवा गरि पाँच सय बढी बिरुवाहरु रोपिएको बताइएको छ । उक्त कार्यक्रममा समूहका उपाध्यक्ष जयबहादुर समाल, सचिव रञ्जिता भट्टराई, लेखा समिति संयोजक धनबहादुर तामाङ, कार्यालय सचिव खगेन्द्र भट्टराई, उपभोक्ता गजेन्द्र पौडेल, इन्द्रमणि घिमिरेलगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here