एक्सेल बैंकले ग¥यो वृक्षरोपण

0
6

बिर्तामोड ।

विश्व वातावरण दिवसको अवसरमा एक्सेल डेभलपमेन्ट बैंकले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

‘हाम्रो भूमि हाम्रो भविष्य’ भन्ने मूल नाराको साथ एक्सेल डेभलपमेन्ट बैंक लि.द्वारा झापाका हल्दीबारी गाँउपालिका, भेलागढी सिमसार क्षेत्रमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा वन उपभोक्ता समितिका पदाधिकारीहरु, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत लेखराज कार्की, सहायक महाप्रबन्धक अशोक क्षेत्रीका साथै कर्मचारी तथा स्थानीय समुदायका सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।

बैंकका मार्केटिङ विभागका कर्मचारी गजेन्द्र ढकालले जलवायु परिवर्तनको असर र प्रभावको कारण गिर्दै गएको वातावरणलाई संरक्षण गर्नको लागि अत्यन्तै महत्वपूर्ण रहेको वृक्षरोपण कार्यक्रम सफल पार्न भेलागढी सामुदायिक वन उपभोक्ता समूहका साथै स्थानीयले गरेको सहयोगको सराहना रहेको बताए ।

सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत बैंकले यस्ता कार्यक्रम जारी राख्ने बताइएको छ । वन उपभोक्ता समूहका अध्यक्ष पुण्य लम्साल तथा सचिव खगेन्द्र राजवंशीले पर्यावरण अभिवृद्धि तथा सिमसार क्षेत्रको सहयोगको लागि एक्सेल डेभलपमेन्ट बैंकलाई धन्यवाद दिए । कार्यक्रममा ५० वटाभन्दा बढी शिरिषका बिरुवाहरु रोपिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here