सुख र दुःख जीवनका दुईपाटा हुन् । दुःखी हुनुभन्दा सुखी भएर बाँच्नु कहाँ हो कहाँ राम्रो हो, तर आफ्नो सुखको महलमा कसैको दुःख, पीडा, वेदना र रोदनको जग नहोस् । यति कुरामा सचेत भइयो भने कसैप्रति कुनै प्रकारको हिंसा हुने छैन । कसैलाई थिचोमिचो नगरी, कसैलाई नदबाई, कसैको अवसर नखोसी, कसैलाई नखसाली आफूलाई माथि उठाउनु सकारात्मक सोचको परिणाम हो । गुल्मीमा जन्मिएका डा. ताराप्रसाद गिरी (तारा जी) आज धेरैको प्रेरणाको स्रोत बनेका छन् । उनले धेरै विद्यार्थी तथा अभिभावकहरुलाई सकारात्मक सोचका विषयमा उत्प्रेरणा जगाउने काम गरेका छन् । यसै सन्दर्भमा हामीले सकारात्मक सोचका उत्प्रेरक तथा मेटिभेसनल स्पिकर डा.ताराजीलाई खुशी र सकारात्मक सोचका विषयमा केही प्रश्न गरेका छौं । प्रस्तुत छ उनीसँग गरेको कुराको सम्पादित अंश :
सकारात्मक सोच के हो ? र कसरी बनाउने ?
– सकारात्मक सोच भन्नाले हरेक विषयलाई राम्रो अर्थात पोजेटिभरुपमा हेर्नु हो । मानौं बिर्तामोडबाट दमक जाने क्रममा एउटा बाइक दुर्घटना भयो । उक्त सवारीमा दुई जनाको दाहिने हात भाँचियो । एक जनाले मेरो त हात भाँचियो बर्बाद भयो भन्यो अर्कोले धन्न हात मात्र भाँचियो ज्यान जोगियो भन्यो अब भन्नुहोस् सबैभन्दा छिटो निको को होला ? त्यसैले सकारात्मक सोच नै हाम्रो सफलताको कडी हो । कुनै पनि विषय वस्तु तथा केही विषयममा तपाईले बनाउने धारणा नै सकारात्मक या नकरात्मक के छ त्यसले उक्त कार्यमा प्रभाव पर्छ । त्यसैले हरेक विषयमा सकाराात्मक हुन जरुरी छ ।
सकारात्मक हुन हामीले कस्ता कुराहरुमा ध्यान दिनुपर्दछ ?
– धेरै राम्रो प्रश्न गर्नुभयो । सकारात्मक हुन हामीले सबैभन्दा पहिलो कुरा त संगत कस्ता व्यक्तिसँग गर्दैछु, उसको सोच कस्तो छ बुझ्न जरुरी छ । साथै सकाराात्मक हुन तपाईले गर्ने कार्य, तपाई खाने परिकार, तपाईले अध्ययन गर्ने विषय वा पुस्तक लगायत तपाईको सोचाई नै रााम्रो मात्र हुनुपर्छ । त्यो भए सकारात्मक सोच आफैं विकास हुन्छ । यहाँ मेसी, रोनाल्डो जस्ता विश्व प्रसिद्ध फुटबल खेलाडीलाई त प्रशिक्षक आवश्यक पर्छ भने तपाई हामी सबैलाई कोच अर्थात् प्रशिक्षकको आवश्यक अनिवार्य छ । त्यसैले तपाईले साना बालबालिकामा पनि सकारात्मक सोचको विकास हुने वातावरण बनाउन जरुरी छ ।
सकारात्मक सोच नै सफलताको सूत्र के हुन् ?
– अवश्य पनि । कुनै कुरामा सफल बन्न सकारात्मक बन्नुपर्छ । सफलताको पहिलो आधार भनेकै सकारात्मक सोच हो । तपाईमा पैदा हुने सोचले आउने परिणमलाई प्रभाव पर्ने गर्छ । त्यसैले सकारात्मक काम गर्ने बानी नै हाम्रो जिन्दगानी हो । म साना बालकालिकादेखि प्लस–टु मा अध्ययन गरिरहेका विद्यार्थीलाई भन्नु चाहन्छु तपाईले के सोच्नु हँुदैछ । त्यसको असर तपाईको जीवनमा पर्छ त्यसैले म भन्छु हामीले हरेक कुरालाई सकारात्मक रुपमा सोच्न जरुरी छ । त्यो नै हाम्रो जीवनको सफलताको सूत्र हो ।
सही दृष्टिकोण, सकारात्मक सोच र खुशी हुने कला के हुन् ?
– सही दृष्टीकोणले मानिसलाई सकारात्मकतातर्फ लैजान्छ । मानिस रहेक कुरामा सकारात्मक बन्यो भने अरु खुशी हुन्छ । खुशी खोज्न अन्त जानु पर्दैन आफैंभित्र हुन्छ । एक पटक सोच्नुहोस् त तपाई अहिले जे गर्दै हुनुहुन्छ त्यसमा सन्तुष्ट हुनुहुन्छ भने खुशी आफैं मिल्छ । तपाईले काम गर्ने शैलीमा फरक पर्न सक्छ । कुनै कुरा रिसाएर गर्नुभयो भने परिणम नकारात्मक आउन सक्छ । तर, तपाई खुशी भएर गर्नुभयो भने अवश्य परिणाम सकारात्मक अवश्य आउँछ । मन परेको मात्र गर्नुपर्छ भन्ने होइन मन पराएर पनि कति काम हुनु गर्नुपर्छ । त्यसैले म विद्यार्थी तथा अभिभावकलाई भन्न चाहन्छु म सक्दिनँ भन्नुभयो पनि तपाईले सफलताका पाउन मुस्किलपर्छ । तर, असम्भव केही छैन मैले मेहनत गरेमा आवश्यक सफलता मेरै वरिपरि घुमिरहेको छ भने र अघि बढ्नुभयो भने तपाईको लक्ष्य धेरै टाढा छैन् ।
खुशी किन महत्वपूर्ण छ ?
– खुशी भएन भने त तपाईको जीवन सहज बन्नै सक्दैन् । त्यसले खुशी अनिवार्य चिज हो । यहाँ दृष्टिको दोष छ, तर सृष्टिको दोष छैन् । चिल्लो सडक र अग्ला महल मात्र खुशी हो भन्ने भ्रम त्याग्नुपर्छ । तपाई जहाँ हुनुहुन्छ त्यहाँ सम्पूर्ण चिज छ । एक पटक सोच्नुहोस् त ? म एक्लो छु मैले केही गर्न सकिनँ भन्दै जीवनको अन्त्य गर्छु भन्दै गर्दा हस्पिटलमा अक्सिजनको सहारामा जीवनको भिख मागिरहेका कति छन् । तपाईसँग त शारीरिक रुपमा सबै चिज छ नी अनि सम्झनुहोस् त त्यो संसार देख्न नपाएको दृष्टिविहीनलाई, अनि सम्झनुहोस् त त्यो शारीरिक रुपमा अशक्तलाई त्यसैले आफूलाई रहेक विषयमा सकारात्मक अर्थात् पोजेटिभ बनाउन जरुरी छ । तपाई अरुको विषयमा नसोच्नुहोस् आफू कसरी खुशी हुने भनेर सकारात्मक सोच्नुभयो भने यो संसार सबै खुशी र सकारात्मक बन्नेछ ।
तनाव व्यवस्थापन, सकारात्मक सोच र खुशी व्यवस्थापन उस्तै हुन् ?
– तनााव भनेको अरुसँग तुलना गरेर आउने चिज हो । त्यसैले तपाई कसैसँग तुलना नगर्नुहोस् तनाव व्यवस्थापन भइहाल्छ । धेरै महत्वकांक्षा राख्दा पनि दुःखी बन्नुपर्छ त्यसैले तपाईमा तनाव उत्पन्न हुन सक्छ । जे छ त्यसमा रहमाउन सिक्नुहोस् र प्रगतिका मार्गहरु पैल्याउनुहोस् तपाई हरेक काममा अग्रस्थानमा पुग्नुहुन्छ । त्यो तपााईको सकारात्मक ऊर्जा हो । तनावलाई किनारा लगाएर सकारात्मक विचारका साथ अघि बढेपछि खुशी अवश्य मिल्छ । नकारात्मतालाई अन्त्य गर्दै हरेक कुरामा सकारात्मक बन्न जरुरी छ त्यसका लागि दिमाग सफाई गर्नुपर्छ । हामी अरुप्रति परनिर्भर बन्ने बानीका कारण
दुःखका भारी बोकिरहेका छौं । त्यसैले आफैंलाई सुधार गर्दै अरुप्रति कम अपेक्षा राख्ने हो भने हामी जीवनमा सधैँ खुशी हुन्छौं । तनाव व्यवस्थापन, सकारात्मक सोच र खुशी एकअर्काका परिपुरक हुन् । त्यसैले हामी सकारात्मक हुन जरुरी छ ।
हाम्रो दृष्टिकोण र जीवनशैली बदल्न जरुरी छ ?
– अवश्य, हरेक कुरालाई सकारात्मक सोच्नुहोस् । तपााईको सोच्ने तरिकाले जीवनको शैली बदल्न सकिन्छ । देशले मलाई के दिन्छ भन्दा पनि म देशलाई के दिन सक्छु भन्ने भाव तपाईमा आयो भने अवश्य तपाईको जीवन शैलीमा परिर्वतन आउने छ । एक पटक सोच्नुहोस् त नेपालमा केही छैन भनेर अहिले धेरै युवाहरु विदेशी रहेका छन् । के आमा बुढी भइन्, बुबा रोगी भयो भन्दैमा साट्न मिल्छ ? त्यसैले अवसर छैन भनेर सरकारलाई दोष दिनुभन्दा मैले यो शिक्षा पछि अब म देशका लागि यति काम गर्छु भन्नु सक्नुपर्छ । नेपाल धेरै अवसर भएको देश हो । यहाँ हामीले प्रशस्त सम्भावनाहरु भेट्छौ त्यसैले सकारात्मक सोचका साथ हामी लगेका हाम्रो जीवन शैली अवश्य बदल्न सकिन्छ र त्यो जरुरी पनि छ ।
भौतिकवादी हुँदा हामीले बाहिरी खुशी त भेटायौं, तर आध्यात्म भुल्दा हामी भित्रिरुपमा खुशी बन्न सकेनौं । त्यसका लागि के गर्न जरुरी छ ?
– पक्कै पनि हामीलाई भौतिक सुख–सुविधा पनि चाहिन्छ । तर, त्यसो भन्दैमा हामीले आध्यत्म चट्कै भुल्नु हँुदैन । भौतिकवादी भएका कारण हामीलाई बाहिरी जीवनमा खुशी होला, तर मनबाट खुशी हुन हामीले आध्यत्म पनि बुझन जरुरी छ । म भित्रको म जब तपाईले बुझ्नुहुन्छ अवश्य तपाईमा सकारात्मक ऊर्जा उत्पन्न हुन्छ । हामीले ध्यान, योग गर्दा मात्र सकारात्मक उर्जा उत्पन्न हुन्छ भन्ने छैन् तब तपाई मानसिक रुपमा सकारात्मक बन्नु हुन्न तबसम्म सकारात्मक ऊर्जा प्राप्त गर्न मुस्किल पर्छ त्यसैले भौतिकवादसँग अध्यात्मवाद पनि हामीलाई आवश्यक पर्छ ।
धेरैलाई सकारात्मक ऊर्जा प्रदान गर्दै हिँड्नुभएको छ । अहिलेसम्म कति मानिसलाई मोटिभेशनल ट्रेनिङ दिनुभयो ?
– मेरो जीवनको यो एउटा पाटो हो । म अनलाइन तथा प्रत्यक्ष रुपमा पनि सकारात्मक सोचका विषयमा प्रशिक्षण कक्षाहरु सञ्चालन गर्दै आएको छु । म आफू आफैंमा सन्तुष्ट छु । यसमा मेरो रुचि, क्षमता, आवश्यकता र परिवार पाल्ने माध्यम बनेको छ । अहिले मानिसमा व्याप्त निराशा चिर्नका लागि पनि सकारात्मक भाव जागरण गर्ने काम जरुरी छ । डिप्रेसनका कारण ८० प्रतिशत आत्महत्या हुने गरेका छन् । त्यसैले हामीले बालकालिकादेखि युवा उमेरका मानिसलाई जीवनमा सकारात्मक हुने किसिमका ऊर्जा जागरण गर्न जरुरी छ । यस्ता अभिमुखी करण काार्यक्रम विद्यालय केन्द्रित मात्र नभई अभिभावकलाई पनि जरुरी छ । एउटा अभिभावक सकारात्मक भएमा उसको सिंगो परिवारमा सकारात्मक परिर्वतन ल्याउन सकिन्छ । त्यसैले अब तपाई हामीले कसरी सकारात्मक बन्ने भन्ने विषय खोज्न र सोच्न जरुरी छ ।
कहिलेबाट तपाई मोटिभेशनल स्पिकरको रुपमा काम शुरु गर्नुभयो ? विगत र वर्तमानमा के फरक छ ?
– मैले विगत १४ वर्षदेखि यो काम गरिरहेको छु । म एक मेडिकल डाक्टर हुँ । मैले विरामी चेकजाँच गर्दा अब मानिसमा सकारात्मक र प्रेरणा जगााउने कक्षा सञ्चालन गर्न ढिला गर्न हुन्न भनेर यो अभियान शुरु गरेको हुँ । शुरुमा यस्ता प्रशिक्षण प्रति मानिसको गलत धारणा थियो । यस्तो कक्षामा मानिसक रुपमा विचलित भएका वा रोगी मात्र जाने हो भन्ने धारणा थियो भने अहिले यो अनिर्वााय विषय हो भन्ने छ । मानिसक स्वास्थ्य अपरिर्हाय हो भन्ने बुझेपछि अहिले धेरै विद्यालयहरुले यस्ता कक्षा सञ्चालन गर्न अनुरोध गर्ने गरेका छन् । विद्यार्थीसँगै, शिक्षक, अभिभावक सबैलाई सकारात्क ऊर्जा जागरण गर्ने उत्प्रेरणामूलक सिकाइहरु आवश्यक छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
– अन्त्यमा मलाई मौका दिनुभएकोमा तपाईलाई धन्यवाद । विशेष धन्यवाद बोस्टन एजुकेशन फाउण्डेशनका प्रमुख सुमन शर्मा जमरकट्टेललाई । उहाँकै आग्रहमा झापा आएर देभभूमी अंग्रेजी विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकलाई उत्प्रेरणा जागरण गर्ने कक्षा सञ्चालन भएको छ । यो एउटा सानो प्रयास हो । हामीले विद्यार्थीमा सकारात्मक ऊर्जालाई सञ्चार गर्न सक्यौं भने उसको जीवन सहज र सरल बन्ने गर्छ । त्यसैले सकारात्मक धारणालाई प्राथमिकता दिन जरुरी छ । भनिन्छ– अमृत सरह रहेको दूध बेच्न घर–घर पुग्नुपर्छ, तर मदिरा पिउन भट्टी धाउने गरिन्छ । त्यसैले अहिले यो अमृत सरह सकारात्मक भाव मानिसको मस्तिष्कमा सञ्चार गर्न केही समय लागे पनि अवश्य एक दिन सबैले बुझने छन् ।
प्रस्तुति :नरेन्द्र ढकाल