स्वास्थ्य सचेतना अपनाऔं

0
3

रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम हो– भनिन्छ । यसका लागि रोग ल्याउने कारकतत्वहरु हावा, पानी र खानामा सचेत हुनुपर्ने र सतर्कता अपनाउन पूर्वजहरुले सल्लाह दिएका थिए । यो भनाइ आज पनि त्यत्तिकै सान्दर्भिक र सन्देशमूलक छ । यो भनाइले मानिसलाई आहारविहार तथा स्वास्थ्य सेचतनामा सचेत र सतर्क गराइरहन्छ पनि । तर, कतिपय अवस्था भने यत्तिले मात्र मानिस स्वस्थ र सुरक्षित रहिरहन सक्दैन । एकाएक महामारीको रुप लिने त्यस्तै अनेक संक्रामक रोगहरुमध्ये सन् २०१९ मा चीनको बुहानबाट उत्पत्ति भएर विश्वभर प्रभाव पारेको कोभिड–१९ ले लाखौंको ज्यान लिएको थियो ।

कोभिडको आतंकले त्रस्त मानसिकता अझै लयमा फर्किन सकेको छैन भने त्यसको असरका रुपमा आर्थिक मन्दी तथा भौतिक विकासमा भएको अवरोध अझै हट्न सकेको छैन । कोभिडले पु¥याएको मानवीय एवम् भौतिक क्षतिलाई नियन्त्रण गर्न अनेक खोपको विकास गरियो, जसले तत्काल महामारी न्यूनीकरण गर्न सहयोग त ग¥यो तर त्यसको संक्रमणको त्रास भने अझै कायम छ । त्यसयता अर्को एउटा संक्रमणले फेरि त्रासको सृजना गर्दैछ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमण अहिले फेरि देशव्यापी जस्तै बनिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रका डा. गोकर्ण दाहालले डेंगुको संक्रमण अहिले देशका ६९ वटा जिल्लामा देखिएको बताएका छन् । देशभर एक हजारभन्दा बढी मानिसमा संक्रमण पाइएको भन्दै केन्द्रले झापा र काठमाडौंमा सबैभन्दा धेरै जनामा संक्रमण रहेको पुष्टि गरेको छ ।

विगतमा फरक समय र कालखण्डमा फरक–फरक किसिमका संक्रामक रोगले आक्रमण गर्दा धेरैले जीवन गुमाउनु परेको थियो । तर, आज उपचार तथा पहुँचमा आएको सुधार र भएको प्रगतिले संक्रमणहरुबाट मुक्ति पाउने अवस्था छ । तर, त्यसका लागि पूर्वजहरुले भने जस्तो उपचारमा भन्दा प्रतिरोधमै ध्यान दिनु बुद्धिमानी हुन्छ । त्यसका लागि डेंगुबाट जोगिन विज्ञले भने जस्तै शरीर ढाक्ने लुगा लगाउन, लामखुट्टे विरोधी मल्हम लगाउन, धुप बाल्न र लामखुट्टेलाई फूल पार्न नदिने अवस्था तर्फ हामी स्वयम् सचेत हुनुपर्छ । त्यत्तिको सचेतना रह्यो र विज्ञले भने जस्तै झुल लगाएर सुत्ने, खानपानमा ध्यान दिने गरियो भने स्वस्थ जीवन बाँच्न सहज हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here