‘तपस्वी’बम्जन बाल यौन दुराचारमा दोषी ठहर

0
27

काठमाण्डौ ।

आफुलाई ‘तपस्वी’ भन्ने रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले बाल यौन दुराचारमा दोषी ठहर गरेको छ ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले अभियुक्त बम्जनलाई बालयौन शोषण मुद्दामा दोषी ठहर गरेको हो । सरकारी वकिल कार्यालयले पेश गरेको अभियोजनअनुसार इजलासबाट बम्जन दोषी ठहर भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो ।

सजाय कति हुने भन्ने फैसला असार १७ गतेको इजलासले टुङ्ग्याउने छ । अभियुक्त बम्जन अहिले पुर्पक्षका लागि महोत्तरी कारागारमा रहेका छन् । फैसला पूर्व हिजोको इजलासमा दुवैतर्फका वकिलले अन्तिम बहस गरेका थिए ।

बाराको निजगढ नगरपालिका–१२ का ३० वर्षीय बम्जनविरुद्ध २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पीडित बालिकाको परिवारले किटानी जाहेरी दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here