बजेट कार्यान्वयनमा लाग

0
9

झापाका स्थानीय तहले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट सार्वजनिक गरेका छन् । कुनै पनि सरकारले आगामी कार्यदिशा नीति तथा कार्यक्रममार्फत सार्वजनिक गर्छन् । त्यही नीति र कार्यक्रम अनुसार आगामी वर्षका लागि कुन क्षेत्रको विकासमा के–कसरी योजना र कार्यक्रम सञ्चालन गर्ने भन्ने बजेटमार्फत प्रतिबद्धता जाहेर गरिन्छ । यो नियमित र क्रमागत परम्परा नै हो । त्यस हिसाबले हाम्रो संविधानले नै तीनवटै तहका सरकारले आफूद्वारा सम्पादन गरिने कार्यक्रमहरुको विवरण सार्वजनिक गर्ने समय नै निर्धारण गरेको छ । संघीय सरकारको बजेट सार्वजनिक भए लगत्तै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनकि गरेका थिए भने तेस्रो चरणमा स्थानीय सरकारले बजेट सार्वजनिक गरेका हुन् ।

झापाका पन्ध्र मध्ये गौरीगञ्ज गाउँपालिका बाहेक अरु सबैले बजेट सार्वजनिक गरे । ती मध्ये मेचीनगरको बजेट सर्वाधिक अर्थात् दुई अर्ब पाँच करोड रुपैयाँको रहेको छ । त्यस्तै गाउँपालिकातर्फ हल्दिबारीले सबैभन्दा ठूलो अर्थात् ८४ करोड ८९ लाखको बजेट ल्याएको छ । बजेट भनेको गत आर्थिक वर्षका आर्थिक गतिविधिको अभिलेख, चालू वर्षको चित्रण र आगामी वर्षको कार्यक्रमको अनुमानित प्रक्षेपण हो । यस अर्थमा कुनै पनि सरकारले सामान्यतयाः एक आर्थिक वर्षका लागि तयार गरेको आय र व्ययको अनुमानित विवरण हो । यसका लागि तत्कालीन तथा दीर्घकालीन आवश्यकता र उपलब्ध हुन सक्ने स्रोतसाधनको अवस्थालाई ध्यान दिनु पर्छ ।

बजेट त्यसकारण सरकारको वार्षिक कार्ययोजना र कार्यक्रम हो । यसको निर्माण गर्दा असन्तुलित खर्च नियन्त्रण गर्दै जवाफदेहितालाई पनि मध्यनजर गर्नुपर्छ । स्थानीय सरकारले पनि कार्यक्रम कार्यान्वनय गर्न आर्थिक स्रोत जुटाउनुपर्छ र त्यसको स्रोत भनेका नागरिक नै हुन् । सरकारले नागरिकबाट प्राप्त गर्ने दस्तुर, जरिवाना, लाभांश, सेवा लगायतबाट राजश्वको स्रोत जुटाउँछ । त्यसकै आधारमा खर्च गर्ने र जनभावना तथा आवश्यकताको समेत परिपूर्ति गर्नुपर्छ । त्यसैले प्रायः सबै पालिकाहरुले बजेट सार्वजनिक गरिसकेको सन्दर्भमा अब त्यसको कार्यान्वयनको पाटो र त्यसको परिणामको अपेक्षा गर्नुपर्छ । वर्षाका बीच सार्वजनिक भएको बजेटले तत्–तत् क्षेत्रको सर्वाङ्गिण विकासमा योगदान दिन सक्यो भने त्यो नेतृत्व सफल भएको ठहरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here