भृकुटीका विद्यार्थीलाई शैक्षिक सामग्री

0
5

झापा । लायन्स क्लव अफ बिर्तामोडले बिद्यार्थीका लागि शैक्षिक सामग्री बितरण गरेको छ ।
कनकाई नगरपालिका – ७ स्थित दुर्गापुरमा रहेको भृकुटी माध्यमिक विद्यालयमा विद्यार्थीलाई ६ सय थान कपी प्रदान गरेको हो । विद्यालयमा आयोजिक कार्यक्रमकाबीच विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरिएको हो ।
लायन्स क्लव अफ बिर्तामोडकी अध्यक्ष संगीता रौनियारको अध्यक्षता तथा लानयन्स क्लव अफ कनकाईका पूर्ब अध्यक्ष मनोज बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कनकाई ७ निवासी पानु योङ्हाङ्गलाई ह्वील चेयर प्रदान गरिएको थियो । पूूर्ण रुपमा अशक्त रहेकी उनलाई सहजताका लागि ह्वील चेयर प्रदान गरिएको अध्यक्ष रौनियारले बताइन् । त्यस्तै कनकाई ९ निवासी सागडी गणेशलाई वैशाखी प्रदान गरिएको थियो ।
कार्यक्रममा लायन्स क्लव अफ बिर्तामोडका पूर्ब अध्यक्ष सत्यनारायण सर्मा, जीवन खड्का, सुरज रौनियार अगायतको आतिथ्यता रहेको थियो ।
लायन्सले विद्यार्थीलाई शैक्षिक सामग्री सहित मानवीय सेवाका क्षेत्रमा समेत काम गरेको भन्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवीन कुमार बस्नेत, विद्यालयका सहायक प्रधानाध्यापक कुमार खरेल, शिक्षक अभिभावक संघका महेन्द्र कन्दङ्वाले धन्यवाद ज्ञापन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here