एमाले कमल गाउँ कमिटी र अनेकिसंघ कमलद्वारा सामुहिक रोपाइँ

0
7

कमल ।

नेकपा एमाले कमल गाउँ कमिटी तथा अखिल नेपाल किसान महासंघ कमल गाउँ कमिटीको आयोजनामा आज सामुहिक रोपाई गरेर २१ औं राष्ट्रिय धान दिवस मनाएको छ ।

जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने मुल नाराका साथ सामुहिक रोपाई गरेर धान दिवस मनाएको हो । प्रमुख अन्न वालीको रुपमा रहेको धानवालीलाई आयत प्रतिष्थापन गर्दै निर्यात बढाउन सहयोग पुर्याउने उद्येश्यले यस्ता दिवश मनाउने गरिन्छ । उत्पादन बढाउनमा हामी सबै लाग्नुपर्ने हुन्छ । त्यसैले हाम्रा खेर गईरहेका जमिनमा समेत उत्पादन बढाउनमा लाग्नुपर्ने नेकपा एमाले केन्द्रिय कमिटी सदस्य मेनुका काफ्ले बताउनुभयो ।

अखिल नेपाल किसान महासंघले हरेक वर्ष राष्ट्रिय धान दिवस मनाउदै आएको छ । यसो वर्ष पनि त्यसैलाई नियमितता दिदै कार्यक्रम आयोजना गरिएको र यस्ता कार्यक्रमले किसानलाई हौसाला प्रदान गर्ने अखिल नेपाल किसान महासंघका केन्द्रिय उपाध्यक्ष बेनु शिवाकोटीले बताउनुभयो ।

नेकपा एमाले कमल गाउँकमिटी अध्यक्ष हरी ढकालको अध्यक्षता तथा केन्द्रिय कमिटी सदस्य मेनुका काफ्लेको प्रमुख अतिथ्यतामा कमल ५ स्थित भिमलाल तिवारीको खेतमा सामुहिक रोपाई गरेर दिवस मनाएको पार्टीले जनाएको छ ।

कार्यक्रममा पटिका जिल्ला कमिटी सदस्य, गाउँकमिटी सदस्य प्रदेश कमिटी सदस्य लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी सचिव छविलाल गुँरागाईले सञ्चालन गर्नुभएको थियो भने अखिल नेपाल किसान महासंघ कमल गाउँ कमिटीका अध्यक्ष डम्बर बहादुर निरौलाले स्वागत गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here