राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

0
2

काठमाडौँ,

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालयमा आज अपराह्न भएको भेटमा प्रधानमन्त्री दाहालले मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिनुभएको राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले राससलाई जानकारी दिनुभयो ।

सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच सोमबार राति संविधान संशोधनलगायत विषयलाई निष्कर्षमा पु¥याउन सरकार सञ्चालनमा साझेदारी गर्ने सहमति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here