पराजुली समाज नेपाल झापाको आयोजनामा क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम

0
3

झापा,

पराजुली समाज नेपाल झापा कार्यसमितिको आयोजनामा एक दिने क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ।

कनकाई धाम परिसरमा रहेको पराजुली समाज नेपालको भवनमा शनिवार क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सम्पन्न भएको हो।

पराजुली समाजमा आवद्ध सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको तालिम संयोजक प्रकाश पराजुलीले जानकारी दिनुभयो। बद्लिँदो समयसंगै मानिसको मानसिकता पनि बदलिनु पर्ने परिस्थितिका कारण तालिमले समयानुकूल क्षमता अभिवृद्धि गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पराजुली समाज नेपालका केन्द्रीय उपाध्यक्ष दुर्गाप्रसाद पराजुलीले झापाको कार्यसमितिले क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम आयोजना गरेर अनुकरणीय काम गरेको उल्लेख गर्नुभयो। उहाँले झापा जिल्ला कार्यसमितिलाई तालिम आयोजना गरेवापत धन्यवाद पनि व्यक्त गर्नुभयो।

तालिमको सहजीकरण सूर्योदय टेलिभिजनका प्रधान सम्पादक उमाकान्त खनालले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता पराजुली समाज नेपाल झापाका अध्यक्ष गणेश पराजुलीले गर्नुभएको थियो। तालिममा करिब एक सय जना पराजुली बन्धुहरूको सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here