रेडपान्डा संरक्षणमा स्तुत्य प्रयास

0
8

दुर्लभ तथा संकटापन्न वन्यजन्तु रेडपान्डा अर्थात् हाब्रेको संरक्षण चुनौतीपूर्ण बन्दै गएपछि त्यसको संरक्षणमा स्थानीयबासी जुेटका छन् । जैविक विविधताका दृष्टिले समेत महŒवपूर्ण रहेको रेडपान्डा बासस्थानको विनाश, चोरी शिकारी, जनावरको आक्रमण तथा मानवीय गतिविधिका कारण असुरक्षित बन्दै गएको छ । आवश्यक खाद्यवस्तु निगालोको टुसा, पात मासिँदै जान थालेपछि लजालु जीव भनिने रेडपान्डाको संरक्षणम कठिनाइ थपिँदै गएपछि स्थानीयबासीसँगको सहकार्यमा स्थानीय सरकार तथा त्यस क्षेत्रका क्रियाशील संघ–संस्थाले संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । दुई हजार मिटरभन्दा बढी उचाइमा पाइने रेडपान्डालाई ऐनमै संरक्षित वन्यजन्तुको सूचीमा समावेश गरिएको पनि छ ।

हेर्दा आकर्षक तर लजालु स्वभावको यो जन्तु सोझो हुने त्यस क्षेत्रमा कार्यरत विज्ञहरुको भनाइ छ । हलुका रातो, सेतो र कालो रंगको रेडपान्डा आहारको विनाश, कुकुरको आक्रमण, गाईवस्तुको चरिचरन तथा चोरी शिकारीका कारण यो वन्यजन्तु लोप हुने अवस्थामा पुगेको हो । पूर्वी नेपालको इलामका जमुना, मावु, माईपोखरी, माईमझुवा, पाँचथरका सिदिन, प्राङ्बुङ, मेमेङ, फलैचा, च्याङथापू, लुङरुपा हुँदै ताप्लेजुङका फुङ्लिङ, घाङवरक लगायतका विभिन्न क्षेत्र रेडपान्डाको बासस्थान हुन् । यी मध्ये ताप्लेजुङको ग्रामीण क्षेत्रमा रहेका रेडपान्डाको संरक्षण गर्न कुकुर र बिरालोको बन्ध्याकरण अभियान थालिएको छ । रेडपान्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्चले विगत सात वर्षदेखि उक्त अभियानलाई निरन्तरता दिँदै आएको छ ।

हिमाली संरक्षण मञ्चले रेडपान्डा नेटवर्कको सहयोगमा सञ्चालन गरेको अभियानले रेडपान्डाको बासस्थान रहेको क्षेत्रमा रहेका घरपालुवा कुकुर र बिरालोलाई बन्ध्याकरण गर्नुका साथै रेबिजबिरुद्ध खोप कार्यक्रम सञ्चालन गरिरहेको छ । मञ्चका सचिव विविश केदेमका अनुसार रेडपान्डाका लागि सुरक्षित वातावरण बनाउन, संक्रमण हिंस्रक आक्रमणबाट जोगाउने प्रयास गरिरहेको बताएका छन् । मञ्चका कार्यक्रम संयोजक रमेश राईले रेडपान्डा पाइने क्षेत्रका ग्रामीण समुदायमा पशु स्वास्थ्य र जनावर व्यवस्थापन सम्बन्धी गतिविधिलाई प्राथमिकता दिइँदै आएको जानकारी दिएका छन् । रेडपान्डाको आवासीय क्षेत्रमा घरपालुवा कुकुर, बिरालाले सुरक्षा चुनौती सृजना गरेकोले समुदायकै सहयोगमा कार्यक्रम सञ्चालन गरेको मञ्चले उल्लेख गरेको छ ।

मानवतावादी भनाइ अनुसार पृथ्वीमा सबै जीवले सुरक्षित बाँच्न पाउनु पर्दछ । त्यसमाथि संकटापन्न तथा दुर्लभ जीवको सुरक्षा वातावरणीय तथा पर्यटकीय दृष्टिले समेत महŒवपूर्ण हुन्छ । त्यसैले त्यहाँका स्थानीय पाठ्यक्रममा समेत रेडपान्डालाई समावेश गरिएको बताइएको छ । यसको संरक्षण गर्दै पर्यटनको समेत विकास गरी स्थानीयबासीको जीविकोपार्जनमा सहयोग पु¥याउनु आजको आवश्यकता हो । त्यसका लागि अनियन्त्रित चरिचरन, आगलागी, वन फडानी, चोरी शिकारी जस्ता कारणलाई स्थानीय तहले नियन्त्रण गर्नुपर्छ । यसले पर्यटकको आगमन वृद्धि हुनुका साथै राष्ट्रिय आयमा समेत योगदान दिन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here