प्रथम वडाध्यक्ष भेट्रान्स पथरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई

0
48

छविराज ढकाल
पथरिशनिश्चरे,

मोरङको पथरीमा सञ्चालन भइरहेको प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता -२०८१ अन्तर्गत आज सम्पन्न फाइनल खेलमा पथरी भेट्रान्सले उर्लाबारी भेट्रान्स विरुद्ध २-० गोल अन्तरमा पराजित गर्दै उपाधि चुमेको छ।

आज बुधबार पथरी वडा नं १ जाँते मोडस्थित पथरी रंगशालामा सम्पन्न भएको प्रतियोगिताको निर्धारित समयमा पथरी शनिश्चरे भेट्रान्सका विक्रम लिम्बुले एक्लैले दुई गोल गर्दै पथरी शनिश्चरेले उपाधि चुमेको हो ।

पुरस्कार वितरण समारोहका प्रमुख अतिथि पथरी शनिश्चरे वडा नं २ का वडाध्यक्ष नैना साम्पा राई तथा पथरी शनिश्चरे भेट्टान्स फुटबल क्लबका अध्यक्ष टिकाराम राईको हातबाट पथरी शनिश्चरे भेट्रान्सले सहित नगद १ लाख १ हजार रूपैयाँ प्राप्त गरेको छ भने उपविजेता उर्लाबारी भेट्रान्सले मेजर र ट्रफी सहित नगद ५५ हजार रूपैयाँ प्राप्त गरेका थिए।
सो समारोहमा भेट्रान्स अफ दि म्याच सहित विभिन्न विधाहरूबाट खेलाडीहरूलाई सम्मानित भएका थिए।

भेट्रान्स अफ दि म्याच बुद्ध चेम्जोङ घोषित भए भने बेष्ट गोलकिपर आयोजकका राजेन्द्र धिमाल भएका थिए। त्यस्तै,,प्लेयर अफ दि टुर्नामेन्ट बिक्रम लिम्बु र उर्लाबारी भेट्रान्सका हाइ स्कोरर खेम पोख्रेल लगायतका विभिन्न विधामा खेलाडीहरूलाई नगदसहित पुरस्कृत गरिएको आयोजक पथरी शनिश्चरे भेट्रान्स फुटबल क्लबका सचिव जोन सुब्बाले जानकारी दिनुभयो।

झापा र मोरङका विभिन्न आठवटा टिमले भाग लिएको सो प्रतियोगितामा गत कार्तिक ८ गतेदेखि सञ्चालन भएको थियो। फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक भएको थियो।फुटबल प्रेमीहरूको उत्साहजनक सहभागिता रहेको यो प्रतियोगिताले भेट्रान खेलाडीहरूलाई पुनः फुटबलमै रमाउने वातावरण बनाउनका लागि आयोजक समितिले यो खेललाई अझ ठूलो बनाउने योजना रहेको पथरिशनिश्चरे भेट्रान्स एफ सीका अध्यक्ष टिकाराम राईले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here