वीरता जेसीजकाे पराेपकारी कार्य: वृद्धा तथा नेत्रहीन महिलालाई घरमै पुगेर सहयाेग

0
63

चारपाने।

वीरता जेसीजले आफ्ना सदस्य अरुण जैसवालकाे जन्माेत्सवमा आज मंगलबार बिर्तामाेड २ स्थित आदिवासी समुदायका विपन्न दुई जना वृद्धा तथा नेत्रहीन महिलालाई खाद्यान्न लगायतका सामग्री सहयाेग प्रदान गरेकाे छ ।

नेत्रहीन धामाेसरी राजवंशी र वृद्धा फागाेसरी राजवंशीलाई उनीहरुकाे निवासमै पुगेर वीरता जेसीजले सामग्री हस्तान्तरण गरेकाे हाे । वीरता जेसीजका अध्यक्ष विकास बस्नेतकाे अध्यक्षता तथा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एवं जेसीजका पूर्व अध्यक्ष एकराज गिरीकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे हाे । जेसीजले नेत्रहीन धामाेसरीलाई रेडियाेसमेत प्रदान गरेकाे छ ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य सर्मिला राजवंशी, नेपाल जेसीजका उपाध्यक्ष घनश्याम चाैधरी, पूर्व अध्यक्ष विशाल थापा लगायतकाे आतिथ्य थियाे । महासचिव सुमन पाेद्धारले सञ्चालन र कार्यक्रम संयाेजक अरुण जैसवालले कार्यक्रममाथि प्रकाश पारेका थिए भने जेसीजका पदाधिकारी तथा सदस्यहरुकाे उल्लेख्य सहभागिता थियाे ।

विपन्न त्यसमा पनि नेत्रहीन र वृद्धा आमाहरुलाई सहयाेग गर्न पाएकाेमा जेसीज अध्यक्ष बस्नेतले कृतज्ञता ज्ञापन गरे । जेसीजकाे माध्यमबाट जन्माेत्सवमा पुण्य कर्म गर्न पाएकाेमा जैसवालले आफू धन्य भएकाे बताए ।

सहयाेग पाएर दुवै जना हर्षित हुँदै धन्यवाद ज्ञापन गरे । पुण्यका लागि मन्दिर जानू भन्दा दीनदुःखीहरुकाे सेवा र सहयाेग गर्नु ठूलाे धर्म हुने सहभागीहरुले बताए । उपस्थित स्थानीयबासीले जेसीजकाे पराेपकारी कार्य अनुकरणीय भएकाे बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here