अर्जुनधारा ।
झापाको बिर्तामोड–१० स्थित विशाल कृषि सहकारी संस्था लिमिटेडको ११औं इकाईगत वार्षिक साधारण सभा बुधबारदेखि शुरु भएको छ ।
संस्था अन्र्तगत शनिश्चरे शाखा उपसमितिका शेयर सदस्यहरुलाई लक्षित गरि अर्जुनधारा–७स्थित सामुहिक उद्धार तथा उपकार संघको सभाहलमा संस्था सञ्चालन समितिका अध्यक्ष सन्तोषकुमार राईको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि वडा सदस्य हरिबहादुर कटुवालले उद्घाटन गरेका थिए ।
कार्यक्रममा समितिका अध्यक्ष राईले संस्थाको गत आर्थिक वर्ष ०८०÷०८१को वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष कमला गौतमले गत आर्थिक वर्षको आम्दानी–खर्च तथा चालु आर्थिक वर्ष ०८१÷०८२को अनुमानित बजेट र लेखा समितिका संयोजक डिल्लीराज भण्डारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पुँजी एक करोड ७८ लाख ३५ हजार नौ सय रुपैयाँ, कोषमा ५१ लाख ७९ हजार ८२ रुपैयाँ ८८ पैसा, निक्षेप पाँच करोड पाँच लाख ७६ हजार चार सय रुपैयाँ, कर्जा लगानी छ करोड २८ लाख ७५ हजार पाँच सय ९१ रुपैयाँ ७७ पैसा, सञ्चालन नाफा २२ लाख ३७ हजार छ सय ४२ रुपैयाँ ४२ पैसा उल्लेख गरिएको छ ।
सभामा शिवशक्ति कृषि समूहका अध्यक्ष चिरञ्जिवी शिवाकोटी, ऋण उपसमितिका संयोजक नित्यानन्द दाहाल, समितिका सहसचिव महेन्द्रप्रसाद पोखरेललगायतले मन्तव्य राखेका थिए । शाखा उपसमितिका सदस्य मोतीलाल पौडेलले स्वागत गरेको उक्त सभाको सञ्चालन संयोजक विशाल शिवाकोटीले गरेका थिए ।