सुरुङ्गा ।
स्थानीय तहको आसन्न उप–निर्वाचनका लागि झापाको कनकाई नगरपालिका–६ मा नौ जनाले वडाध्यक्षका लागि उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् ।
आगामी मंसीर १६ गते हुने उप–निर्वानका लागि आज (आइतवार) उम्मेद्वारहरुले मनोनयन दताए गराएका हुन् । उप–निर्वाचनका लागि वडाध्यक्ष्मा नौ जनाले मनोनयन दर्ता गराएका हुन् ।
नेकपा (माओवादी केन्द्र) बाट गणेबहादुर थापा, नेकपा एमालका तर्फबाट तुलाराम बस्नेत, नेपाली कांग्रेसका तर्फबाट रामगोपाल ओली, स्वतन्त्रका तर्फबाट लक्ष्मीप्रसाद ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट नारायणप्रसाद निरौलाले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् ।
यसैगरी नागरिक उन्मुक्ति पार्टीका तर्फबाट जमुना राजवंशी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट दलबहादुर श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेशनका तर्फबाट पदमबहादुर तामाङ र जनमत पार्टीकाका तर्फबाट सुकलाल राजवंशीले उम्मेद्वारी मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुईटेलले जानकारी दिए ।
कनकाई–६ का वडाध्यक्ष घीर्घबहादुर थापाको निधनपछि उक्त वडामा वडाध्यक्ष्काका लागि निर्वाचन हुने भएको हो । आगामी मसिर १६ गते देश भरका ३४ वटा स्थानीय तहमा उप–निर्वाचन हुन गइरहेको छ ।