योगेन्द्र योगी
बिराटनगर,
मोरङमा मानव कंकाल फेला परेको छ। मोरङको बुढीगंगा ५ स्थित धानखेतमा बिहीबार बिहान स्थानीयले काम गर्ने क्रममा मानव कंकाल फेला परेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरीका प्रवक्ता तथा डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
प्रवक्ता तथा डीएसपी जोशीका अनुसार स्थानीय उबेदा खातुनले लगाएको धान खेतमा छरपस्ट अवस्थामा मानव कंकाल भेटिएको हो। स्थानीयले घटनाको जानकारी दिएपछि अहिले प्रवक्ता तथा डीएसपी जोशी नेतृत्वको टोली घटनास्थल सुरक्षित गरेर अनुसन्धान अगाडी बढाएको छ ।
घटनास्थलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोली र कोशी अस्पताल विराटनगरका फरेन्सिक विज्ञ डा.ज्वाला कँडेल सहितको टोलीले अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ ।
अहिलेसम्म नाम, थर, वतन तथा लिंग नछुट्टिएको प्रहरीले जनाएको छ। कंकाल कसको हो भन्नेबारे प्रहरीले शुस्म तरिकाले अनुसन्धान गरिरहेको जनाएको छ।