कमल ।
सामाजिक उत्तरदायित्व प्रति सचेत रहँदै निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) कमलले आयोजना गरेको पालिका स्तरीय प्याब्सन स्पोर्ट मिट २०८१ को कार्यक्रम स्थलको सरसफाई गरेको छ ।
प्याब्सन कमलले सम्पन्न गरेकोे खेलकुद मैदानको सामाजिक उत्तरदायित्व प्रति सचेत रहँदै खेल मैदानको सरसफाइ गरेको प्याब्सन कमलका सचिव तथा खेलकुल उपसमिति–२०८१ का संयोजक त्रिलोचन गौतमले जानकारी दिए ।
प्रतियोगिता आयोजना गर्दा खेल मैदानभा भएको फोहोर लाई सामाजिक उत्तरदायित्व प्रति सचेत रहेर आफै लागेर सरसफाई गरेको प्याब्सन कमलले जनाएको छ ।
खेल मैदान सरसफाईमा केर्खा पब्लिक स्कूल, निहारीका बोर्डिङ स्कूल, फोनिक्स स्कूल , स्टार स्कूल, विद्यासदन स्कूलका विध्यार्थी र शिक्षकले खेल मैदानको सरसफाई गरेको हो ।
खेल मैदानमा भएको फोहोरलाई आफै व्यवस्थापन गर्नमा सहयोग पुर्याएको भन्दै सरसफाईमा सहयोग गर्ने विध्यालय र विद्यार्थीलाई व्याब्सन कमलका सचिव गौतमले धन्यवाद दिए ।