अर्जुनधारा–१० मा कृषि तथा पशु विकास कार्यक्रम शुरु

0
3

अर्जुनधारा।

झापाको अर्जुनधारा–१० नं. वडा कार्यालयले चालु आर्थिक वर्ष ०८१/०८२देखि वडास्तरिय योजना अन्र्तगत कृषि तथा पशु विकास कार्यक्रम सञ्चालन गरेको छ ।

विगत आर्थिक वर्षहरुमा शिविरमात्र सञ्चालन गर्दै आएको कार्यालयले यस वर्षदेखि वडामा रहेका अनुमानित सात सय बढी पशुपालक कृषकहरुलाई लक्षित गरि उक्त कार्यक्रम सञ्चालन गरेको वडा सचिव त्रिविक्रम पोखरेलले जानकारी दिए ।

कार्यक्रमअन्र्तगत वडाका पाँच वटा टोलमा पशु परजिवी नियन्त्रणका लागि शिविर सञ्चालन गरिने बताइएको छ । शिविरमा निःशुल्क गोबर जाँचसँगै कृषकहरुलाई जुका, नाम्ले, किर्ना, उपियाँको औषधी प्रदान गरिने छ ।

चालु आर्थिक वर्षमा तीन लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको यस कार्यक्रम सफल भएको खण्डमा आगामी आर्थिक वर्षहरुमा पनि वडाले निरन्तरता दिने बताइएको छ ।

यसैबीच नगर पशुपन्छी मत्स्य विकास शाखाको प्राविधिक सहयोगमा बिहीवारदेखि वडाको १ नं. टोलबाट शिविर शुरु भएको छ । शिविर पुस १७ गते सम्पन्न हुने छ ।

वडाध्यक्ष भूपेन्द्र न्यौपानेको अध्यक्षतामा आयोजित उक्त शिविरको प्रमुख अतिथि नगर पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख पदमलाल राईले उद्घाटन गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन वडा सचिव पोखरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here