माईवेनीमा कृषि प्रदर्शनी ६ बिधामा पुरस्कार

0
16

माईजोगमाई ।

इलामको माईजोगमाई गाउँपालिकाको सहयोग तथा कृषि शाखा माईजोगमाईको आयोजनामा माईबेनीमा प्रतियोगितात्मक कृषि प्रदर्शनी कार्यक्रम सम्पन्न गरिएको छ ।

खुल्ला रुपमा आयोजना गरिएको प्रतियोगितात्मक कृषि प्रदर्शनीमा ६ विधामा कृषि सामाग्रीहरु प्रदर्शनीमा राखिएको थियो ।कृषि प्रदर्शनीमा नगदे वाली , कन्दमुल , खाद्यान्न तथा दलहन , फलफूल , रैथाने र तरकारी गरी ६ विधामा राखिएको प्रदर्शनीमा सहभागीहरुलाई खुल्ला रुपमा कृषिका सामाग्रीहरु प्रदर्शनीमा राखिएको थियो ।

उक्त प्रतियोगितात्मक कृषि प्रर्दशनीमा जम्मा ८३ जना सहभागिले कृषिका सामाग्रीहरु पर्दर्शनीमा राखेका कृषि शाखा माईजोगमाई प्रमुख उषा प्रधानले जानकारी दिईन ।माईजोगमाईमै पहिलो पटक सहभागिहरु सम्पूर्णलाई प्रमाणपत्र र कृषि औजारका सामाग्रीहरु वितरण गरिएको माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले बताईन ।

सहभागी मध्ये पनि उत्कृष्ट हुनेहरुलाई पुरस्कार वितरण गरिएको थियो । पुरस्कार पाउनेहरुमा नगदेवाली तर्फ माईजोगमाई ३ का टीका आचार्य (अदुवा ) प्रथम , माईजोगमाई ५ का तेजबहादुर लिम्बू (उखु ) द्धितीय , इलामनगरपालिका ५ का टेक प्रसाद लम्साल तृतिय भए भने माईजोगमाई ४ का देव विष्ट सान्त्वना भए ।

त्यस्तै कन्दमुल तर्फ माईजोगमाई ४ का नेत्र विष्ट प्रथम , सोही ठाउँकै भक्त देवान दोस्रो , माईजोगमाई ५ का गोविन्द संजेल तेस्रो र इलाम नगरपालिका ८ का योगेश आचार्य सान्त्वना घोषित भए ।

खाद्यान्न तर्फ भने इलाम नगरपालिका ८ का रिस्ता ढकाल ,बिन्दा आचार्य , रविन आचार्य र हेमा देवि आचार्य क्रमशः प्रथम , द्धितीय , तृतीय र सान्त्वना भए । यता फलफूल तर्फ माईजोगमाई ४ का सन्तोष तामाङ प्रथम , माईजोगमाई ४ कै शुक्रध्वज लिम्बू दोस्रो , इलाम नगरपालिका ८ का मोहन बहादुर बानिया तेस्रो र माईजोगमाई ४ का अमित लिम्बू सान्त्वना भए ।

रैथाने तर्फ माईजोगमाई २ का सुरेन खड्का , इलाम नगरपालिका ८ का रिस्ता ढकाल र सोही ठाउँकै रुपेश आचार्य प्रथम , दोस्रो र तेस्रो बने । त्यस्तै तरकारी तर्फ इलाम नगरपालिका १० का दिनेश अधिकारी प्रथम,सोही ठाउँका बेद प्रसाद अधिकारी दोस्रो माईजोगमाई ४ कि लक्ष्मि लिम्बू तेस्रो इलाम नगरपालिका ४ का टेक कुमार रिजाल र माईजोगमाई ४ का पूर्णबहादुर लिम्बू सान्त्वना भए ।

हरेक विद्यामा पुरस्कार पाउने सम्पूर्ण कृषकहरुलाई स्प्रे ट्यांकी , हजारी लगायतका सामग्रीहरु हस्तान्तरण गरिएको थियो । माईजोगमाई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष , २ नं वडाका वडाध्यक्ष , ४ नं वडाका वडाध्यक्ष वडा नं ५ का वडाध्यक्ष कार्यपालिका सदस्यहरू लगायतले पुरस्कार वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here