पथरीशनिश्चरे ।
मोरङको पथरी शनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको प्राङ्गणमा पथरी शनिश्चरे नगरपालिकाको आयोजना, जीवन विज्ञान जिल्ला परिषद मोरङ सहकार्यमा एक दिने योग शिविर सम्पन्न भएको छ।
पथरी उद्योग वाणिज्य संघ र पञ्चायत माध्यमिक विद्यालयको सहआयोजनामा उक्त शिविर सम्पन्न भएको हो। ुयोग र ध्यानको माध्यमबाट शारीरिक, मानसिक र आत्मिक शान्तिको अनुभव गरौुं भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त शिविरमा जीवन विज्ञान स्वजागरण (सुख ,शान्ति र समृद्धिको जागरण ) कार्यक्रमका दुई हजार बढी नगरवासी सहभागीलाई सहजीकरण रमेश नेपालले गर्नुभएको थियो।
उक्त अवसरमा कोशी प्रदेशकी प्रमुख सचेतक तथा सांसद गीता तिम्सिना, संविधानसभाका सभासद चण्डीप्रसाद राई,पथरी शनिश्चरे नगरपालिकाकी उप(प्रमुख देवीमाया काफ्ले, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, पञ्चायत माध्यमिक विद्यालयका प्राध्यापक अर्जुन कुमार बुढाथोकी, सामुदायिक विद्यालय व्यवस्थापन महासंघ पथरी शनिश्चरेका अध्यक्ष युवराज बास्कोटा, लगायतको उपस्थिति रहेको थियो।
उक्त शिविरमा पञ्चायत माध्यमिक विद्यालय , रेडस्टार माध्यमिक विद्यालय, पथरी बहुमुखी क्याम्पस, लगायतका शिक्षक विद्यार्थी तथा विभिन्न वडामा स्थापना भएका योग शिविरमा सहभागीहरुको पनि उपस्थिति रहेको थियो।