पथरी शनिश्चरे,
पथरी शनिश्चरे नगरपालिकामा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्यदलको आयोजनामा आत्महत्या रोकथामका लागि मनोपरामर्श कार्यक्रम सम्पन्न भएको छ ।
आज आत्महत्याको प्रयास गरेका व्यक्ति तथा उनीहरूको परिवारलाई लक्षित गरी मनोपरामर्श कार्यक्रम सञ्चालन गरिएको कार्यदलका संयोजक तथा नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिनुभयो ।
आत्महत्याको प्रयास गरेका व्यक्तिका घरमा प्रत्यक्ष पुगेर प्रयासका कारणहरू पहिचान गरी तिनको मानसिक स्वास्थ्य सुधार गर्न मनोपरामर्श प्रदान गरिएको हो ।
टीपीयो नेपालका मनोपरामर्शदाता मनि केरुङका अनुसार ‘आत्महत्या गर्नुपर्ने स्थितिमा पुगेका व्यक्तिहरूको मानसिक अवस्था बुझेर उनीहरूलाई सहयोग पु¥याउनु नै हाम्रो मुख्य लक्ष्य हो । हामीले उनीहरूलाई जीवनप्रतिको नयाँ दृष्टिकोण र आत्मविश्वास दिन प्रयास गरिरहेका छौं ।”
सो कार्यक्रममा नगर उप–प्रमुख देवीमाया काफ्लेले आत्मविश्वास अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै ईलाका प्रहरी कार्यालय पथरीका सई विष्णुबहादुर राउतले आत्महत्या रोकथामका लागि समुदायस्तरबाटै पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।