मुसहरबस्तीमा घर निर्माण गर्दै इन्द्रपुर जेसीज

0
22

योगेन्द्र योगी/ विराटनगर ।

मोरङको सुन्दरहरैंचाको मुटु विराटचोकबाट करिब सात किलोमिटरमा वान डाँडा गाउँ रहेको छ । यो गाउँ सुन्दरहरैचा वडा नम्बर १ मा अवस्थित रहेको छ ।

त्यहाँ १४ मुसहर परिवारले आफ्नो अस्तित्वको लागि संघर्ष गरिरहेको बेला उनीहरुको पीडामा मल्हम लगाउन इन्द्रपुर जेसीजले सहयोग गरिरहेको छ । वान डाँडाको कुनामा झाँगड समुदाय खुला आकाशमुनि संघर्ष गर्दै बाँचिरहेका छन्, त्यहाँ आशा मात्र उनीहरूको सहारा बनेको छ इन्द्रपुर जेसीज । एउटा घर निर्माण गरी हस्तान्तरण गरिसकेको इन्द्रपुर जेसीजले इन्द्रपुरले पाँच वटा घर मात्र निर्माण गरिरहेको जनाएको छ ।

सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष तथा इन्द्रपुर जेसीज २०१२ का अध्यक्ष नारायण कार्कीका अनुसार २०२१ जेसीज भिलेजको परिकल्पना गरिएको र वान डाँडामा मुसहर परिवारलाई जीवनयापन गर्न कठिनाई भएको देखेपछि घर निर्माण गर्नुपर्ने देखेर सोही अनुरुप अहिले एक घर निर्माण गरिएको जानकारी दिए ।

पाँच वटा घर निर्माण गर्ने कार्य अगाडि बढीरहेको बताउँदै संघका अध्यक्ष कार्कीले पहिलो चरणमा एकल महिलालाई घर बनाएर हस्तान्तरण गरिसकिएको बताए । वान डाँडामा १४ मुसहर परिवार रहेको बताउँदै जेसीजले त्यस परिवारमा भएका १४ जना बालबालिकाहरुलाई पनि निःशुल्क पढाउने व्यवस्था गरिएको जनाएको छ । वान डाँडालाई सहयोगी हातहरुको अझै आवश्यकता रहेकाले सहयोगी मनहरुलाई इन्द्रपुर जेसीजसँग जोडिन पनि अनुरोध गरिएको छ ।

नेपालको संविधानले सामाजिक सुरक्षा र सामाजिक न्याय प्रदान गर्दा सबै लिङ्ग, क्षेत्र र समुदायभित्रका आर्थिक रुपले विपन्नलाई प्राथमिकता प्रदान गर्ने नीति अंगिकार गरेको भए पनि त्यो प्रभावकारी नहुँदा धेरै गरिबीको रेखामुनी जीवनयापन गर्न बाध्य रहेको पाइन्छ । तसर्थ इन्द्रपुर जेसीजले गरेको यो उदारणीय कामलाई सबैले सलाम गर्नैपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here