योगेन्द्र योगी
विराटनगर ।
सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रहरीले ५७३ केजी अवैध लागुऔषध गाँजा बरामद गरेको छ। स्कारपिओ, सफारी र मोटरसाइकलबाट ५७३ केजी गाँजा प्रहरीले बरामद गरेको सुनसरीका प्रहरी प्रमुख सुमन कुमार तिम्सिनाले जानकारी दिए ।
प्रहरी प्रमुख तिम्सिनाले स्कारपियो, टाटा सफारी र मोटरसाइकलबाट अलगअलग स्थानमा अवैध गाँजा बरामद गरेको बताए। विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय चिमडी र इलाका प्रहरी कार्यालय हरीनगरबाट खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा रहेको एचआर–७–ओई–९५०२ नम्वरको स्कारपिओ गाडी रोक्न खोज्दा नरोकी भागए पछि देवानगंज-७ स्थितमा अनियन्त्रित भई सडक भन्दा १० फिट तल झरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले उक्त स्कारपियोबाट १० बोरा गाँजा, सोही स्थान नजिक रहेको ४ पोका गाँजा समेत (२९६ किलो ८५० ग्राम) र प्रदेश २-०३-००९ प ०९९७ नम्वरको मोटरसाईकल बरामद गरेको थियो ।
यसैगरी बिहिबार बेलुका इटहरी उप-महानगरपालिका-१७ स्थितबाट ट्राफिक समेतको सयुक्त चेकिङ टोलिले चेकजाँचको क्रममा बा. २ च ३४६५ नम्वरको टाटा सफारी गाडीमा ८ पोका (२ सय ३० किलो १५० ग्राम) गाँजा बरामद गरेको छ भने सोही दिन राती कोशी गाउँपालिका-३ स्थित नेपाल भारत सिमा नजिकमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी गस्ती टोलीले २ वटा वोरामा ४६ किलो ५६० ग्राम गाँजा बरामद गरेको थियो ।
कोशीका विभिन्न जिल्लाहरुमा प्रहरीले गाँजा फडानीलाई तीब्र दिईरहेको बेला एम्बुलेन्सले गाँजा तस्करी गरेपछि प्रहरीलाई थप चुनौती बढेको छ। प्रहरीले सुनसरी ,मोरङ, झापा ,धनकुटा , तेह्रथुम , संखुवासभा, सिरहा , सप्तरी लगायतका जिल्लाहरूमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान जारी राखेको भएपनि नियन्त्रण हुन् सकेको छैन।