कृत्रिम खुटृटाकोलागि नाप जाँच शिविर सम्पन्न

0
23

बिर्तामोड।

अग्रसेन भवन र रोटरी क्लब अफ बिर्तामोडको संयूक्त आयोजनामा विभिन्न कारणहरूले खुट्टा गुमाएका व्यक्तिहरुकोलागि प्रदान गरिने कृत्रिम खुट्टाको नाप जाँच कार्य आज अग्रसेन भवनमा सम्पन्न भएको छ।

मारवाड़ी सेवा समिति,काठमाडौं र पशुपति गौशाला धर्मशालाको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा खुट्टा आवश्यक भएका ६ महिला समेत २६ जनाको नाप जाँच भएको छ ,जसमध्ये ८ जनालाई प्राविधिक कारणले काठमाडौं बोलाईएको र १८ जनालाई बिर्तामोडमा नै खुट्टा हस्तान्तरण गरिने जानकारी क्लबका सर्भिस प्रोजेक्ट डायरेक्टर सुरेश वंशलले गराउनु भएको छ।

अग्रसेन भवन बिर्तामोड र रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’को अध्यक्षता तथा गौरीशंकर अग्रवाल (टिंकु) को सहजीकरणमा सम्पन्न कार्यक्रममा मारवाड़ी सेवा समिति, नेपालका प्राविधिक हरीराम बोगटी र विकास दानाकोटीको सहयोग रहेको जानकारी रोटरी संयोजक अशोक धानुका र भवन संयोजक मांगीलाल अग्रवालले गराउनु भएको छ।

शिविरमा बिर्तामोड, हल्दिबारी, शिव सताक्षी,कचनकवल, बुद्धशान्ति, अर्जुनधारा, चुलाचुली, मेचीनगर, कनकाई, बाह्रदशी, भद्रपुर र शरणामती गरी १२पालिकाका खुट्टा विहिनहरूलाई निशुल्क सेवा पुरयाईने जानकारी भवन उपाध्यक्ष रमेश अग्रवाल र जगदीश मितलले गराउनु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here