जडीबुटीको प्रयोग भएको दिब्यदृष्टि ब्राण्डको बाटेको धुपको लोकप्रियता बढ्दो

0
29

दमक, दिब्यदृष्टि भनेरेशन एण्ड एग्रो कन्सर्न पूजा उद्योग झापाद्धारा उत्पादन गरिएको बाटेको धुप लोकप्रिय बन्दै गएको छ । धार्मिक मूल्य र मान्यता अनुसार उत्पादन भएको बाटेको धुप झापा सहित पूर्वी नेपालका पूजा सामाग्री पसलदेखि लिएर अन्य पसलहरुमा समेत माग बढ्दो रहेको छ ।

धुपी, कपुर, निम सहित बिभिन्न प्रकारका जडिबुटी मिश्रित बाटेको धुप बिहानको पूजापाठदेखि लिएर कोठाहरुलाई सुगन्धित बनाउनका लागि प्रयोग बढेको हो । दिब्यदृष्टिकी सञ्चालिका बबिता तिम्सिनाका अनुसार ५ दर्जन बढि महिलाहरुले नियमित रुपमा धुप बनाउने गरेकाछन् । पछिल्लो समयमा बाटेको धुपको प्रयोग बढ्दो छ, तिम्सिनाले भनिन् ।

तिम्सिनाका अनुसार दिब्यदृष्टि ब्राण्डको बाटेको धुपको माग र प्रयोग बढेपछि उस्तै प्याकेजिङ बनाएर नक्कली उत्पादन समेत निस्केको भन्ने बजारबाट गुनासो आउन थालेकाले दिब्यदृष्टि ब्राण्डको बाटेको धुप हो होइन हेरेर किन्न आग्रह गरेकीछन् । बजारमा उस्तै प्याकेटमा नक्कली धुप निकाल्न थालिएको भन्ने सुनिएकाले सचेत भएर प्रयोग गर्न आग्रह छ, उनले भनिन् ।

दिब्यदृष्टि ब्राण्डमा स्वदेशी जडिबुटी प्रयोग गरेर हवन सामाग्रि, स्वदेशमा धार्मिक मूल्यता अनुसारको नवग्रह समिधा, सप्तधान्य, दिब्य समिधा, गोम्रत्र, गंगाजल लगायतका सामाग्रिहरु पनि उत्पादन हुँदै आएको छ । दिब्यदृष्टि ब्राण्ड हेरेर किन्न र पुजा पसलमा गएर दिब्यदृष्टि ब्राण्ड हेरेर लिन उनको आग्रह छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here