विमल दहाल, माई ।
नेकपा एमाले माई नगरपालिका वडा नम्बर-४ को तेस्रो अधिवेशनवाट टेक वहादुर लुङ्गेली आफ्ना प्रतिस्पर्धीलाई २७ मतले पछि पार्दै विजयी बनेका छन्।
बुधबार सम्पन्न निर्वाचनमा ९१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सूर्यप्रसाद दुलालले ६४ मत प्राप्त गरेका थिए। त्यस्तै उपाध्यक्षमा ५८ मतका साथ पूर्णबहादुर मगर विजयी बनेका छन्। उपाध्यक्षका अर्का उम्मेदवार हरिप्रसाद भट्टराईले ४८ र सुजन राईले ४५ मत प्राप्त गरे ।
सचिव पदमा भने सुखमाया तामाङ ७६ मत का साथ विजयीभन्दा उनका निकटतम प्रतिस्पर्धी सित मणि रिजालले ७० मत प्राप्त गरेका थिए। उपसचिव पदमा मानबहादुर तामाङ ७५ मतका साथ विजयी हुँदा प्रतिस्पर्धी विक्रम भेटवालले ७० मत प्राप्त गरे । जम्मा मतदाता १८४ रहेको निर्वाचन प्रक्रियामा १५७ मत खसेको थियो।
यसअघि महिला उपसचिव र १८ सदस्यका लागि भने सर्वसम्मत भइसकेको छ। सर्वसम्मत महिला उपसचिवमा सुनिता परियार रहेकी छिन। सर्वसम्मत सदस्यहरूमा नर बहादुर फागो, खिममाया पाँचकोटी, तारा राई, पुष्पलाल गिरी, पवित्रा सार्की र विष्णु कुमारी लिम्बु, पदम जबेगू, वीरमाया भट्टराई, रुपा लिम्बु, खड्ग बहादुर राई सर्वसम्मत हुनु भएका छन।
त्यस्तै रुद्र वहादुर लुङ्गेली, कमला सुवेदी र रुपा विश्वकर्मा, सहरसिं आले, चन्द्र कुमारी रैका, आस वहादुर लिम्बु, मोहनदास राई र गेस कुमार मगर सर्वसम्मत चयन भएको निर्वाचन मण्डलका अध्यक्ष प्रेम सेन्चुरीले जानकारी दिनुभयो ।