झापा ।
झापाको कनकाई नगरपालिकाबाट गाँजासहित एक दम्पत्ती पक्राउ परेका छन् ।
लागूऔषध गाँजा बेचबिखन गरिररेहेको गोप्य सूचनाको आधारमा आज दिउँसो इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट टिएको प्रहरी टोलीले कनकाई ४ मनकामना टोलमा छापा मारी गाँजासहित एक दम्पत्तीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३३ वर्षीय इन्द्र चौधरी र उनकी श्रीमती ३२ वर्षीया ममता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुको साथबाट ८ केजी ४० ग्राम गाँजा बरामद भएको छ ।
चौधरी दम्पत्तीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।