बिर्तामोड ।
बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आयोजनामा उपभोक्ता महिला प्रतिनिधिहरुका लाागि एक दिने अभिमुखिकरण शुक्रबार संस्थाको कार्यालयमा सम्पन्न भएको छ ।
खानेपानीका विज्ञ रमेशकुमार यादवले सहजीकरण गरेको कार्यक्रममा महिला उपभोक्ताको उल्लेख्य सहभागिता थियो । संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले संस्थाका गतिविधि आाम उपभोक्तालाई जानकारी गराउदैं खानेपानी सम्बन्धि सचेतनासंगै नेतृत्व र क्षमता विकासका लागि कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रमका संयोजक तथा संस्थाकी कोषाध्यक्ष शारदा रिजालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्व्य समिति झापाकी उपप्रमुख शान्ता रोक्का, संस्थाका सल्लाहकारहरु हर्कलाल गिरी, लोकबन्धु कन्दङवा, राजकुमार पोख्रेल, ठगबहादुर खड्का, मदन गोपाल सुब्बा, राजेन्द्रप्र्रसाद लिङदेन, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, लेखा समिति संयोजक विष्णुप्रसाद चुडाल लगायतले मन्तव्य राखेका थिए ।
संस्थाकी कार्यसमिति सदस्य माया प्रधानले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख खड्गराज गिरीले गरेका थिए । उपभोक्ता सचेतना अभिबृद्धिका लागि बिर्तामोड खानेपानी संस्थाले पहिलो पटक नयाँ कार्यक्रमको आयोजना गरेको भन्दै वक्ताहरुले प्रशंसा गरेका थिए ।
कार्यक्रमा विज्ञले स्वच्छ र गुणस्तरीय खानेपानीका लागि संस्था र उपभोक्ताको भूमिकाका विषयमा प्रष्ट पारेका थिए । संस्थाका अध्यक्ष बाँस्तोलाले कँही पाइप फुटेको, कँही धमिलो पाानी आाएको लगायतका कुनै पनि समस्या देखिएमा तत्काल संस्थामा खबर गरेर सचेत उपभोक्ताको भूमिका निर्वाह गर्न सबैमा आग्रह गरे ।
उनले उपभोक्तालााई प्रभावकाारी सेवा प्रवाहसंगै आगामी दिनमा अझ नयाँ कार्यक्रम आयोजना गर्ने बताए ।