बिर्तामोड ।
वीरता जेसीजले बिर्तामोड आज प्रि–इन्डक्सन्स तथा लोम अफिसर तालिम सम्पन्न गरेको छ ।
वीरता जेसीजका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एवम् वीरता जेसीजका पूर्वअध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा सहभागिहरुलाई प्रमुख अतिथी गिरीले प्रि–इन्डक्सन्स तथा लोम अफिसरका विषयमा तालिम दिएका थिए ।
वीरता जेसीजको सचिवालयमा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक सुशिल थापाले गरेका थिए भने सञ्चालन महासचिव विज्ञानराज पौडेलले गरेका थिए ।
प्रि–इन्डक्सन्स तथा लोम अफिसर तालिमका विषयमा वीरता जेसीजका अध्यक्ष कुँवरले प्रकाश पारेको कार्यक्रममा जेसीजको सामुहिक आस्था वाचन गरिएको थियो ।