विन्ध्यवासिनी सिंहदेवी मन्दिरमा नवाह यज्ञ शतचण्डी हुने

0
39

अर्जुनधारा ।

झापाको अर्जुनधारा–४ भाङबारीस्थित विन्ध्यवासिनी सिंहदेवी मन्दिरमा यही चैत १७ गतेदेखि नवाह यज्ञ शतचण्डी एवम् हवनात्मक महायज्ञ हुने भएको छ ।

यही चैत २४ गते रामनवमीको अवसर एवम् मन्दिरको वार्षिक धार्मिक अनुष्ठानकोरुपमा उक्त महायज्ञ आयोजना हुने भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज जोशीले जानकारी दिए ।

अध्यक्ष जोशीका अनुसार महायज्ञमा अर्जुनधारा–७ स्थित अर्जुनधारा जलेश्वर धामका मूल अर्चक अग्निप्रसाद सिग्देलको प्रमुख आचार्यत्वमा यज्ञ सम्पन्न गर्ने, विभिन्न आचार्य गुरुहरुद्वारा प्रवचन तथा संगीतमय भजन सन्ध्याको कार्यक्रम रहेको बताइएको छ ।

महायज्ञमार्फत् समितिले मन्दिर क्षेत्रको वृहत विकाससँगै मन्दिर व्यवस्थापन समितिले स्थापना गरेको अक्षयकोषको निरन्तरता, भूमिदानको निरन्तरता, धान्यचल दानमा सहभागी भइदिन हुने सम्पूर्ण भक्तजन एवम् दाता महानुभावहरुमा आव्हन् गरेको छ ।

महायज्ञ अन्र्तगत दैनिक मण्डप पूजा, चण्डी पाठ, कथा आरम्भ, पाँच जना गुरु र तीन जना बटुकद्वारा शतचण्डी पाठ र हवन, २३ गते साँझ लक्ष्यवर्तीका र २४ गते शतचण्डी एवम् हवनात्मक महायज्ञ समापन, तिलकपाती प्रसाद वितरण गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here