प्रधानाध्यापक घिमिरेलाई ज्यान मार्ने धम्की

0
151

शिक्षक महासंघद्वारा कारवाहीको माग

बिर्तामोड, बिर्तामोडस्थित शहीद लक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद घिमिरेलाई बिर्तामोड–९ का प्रकाश बुढाथोकीले धम्की दिएको पीडितले गुनासो गरेका छन् ।
बुढाथोकीले प्रधानाध्यापक घिमिरेलाई मोबाइलबाट ‘विद्यालय किन बन्द गरिस् ?, तेरो हातखुट्टा, करंग भाँचिदिन्छु, घाँटी दह्रो बना– छिनाइदिन्छु ।’ जस्ता वाक्यांश प्रयोग गरी गालीगलौजसहित ज्यान मार्ने धम्की दिएको बताइएको छ ।
उक्त घटनाका विषयमा नेपाल शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेल र सचिव उमानाथ भण्डारीले विज्ञप्ति जारी गरी आपत्ति जनाएका छन् । शिक्षक महासंघले प्रधानाध्यापक घिमिरेलाई धम्क्याउने बुढाथोकीलाई कानूनी कारवाहीको माग समेत गरेको छ । बुढाथोकी विद्यालयसँग सम्बन्धित व्यक्ति समेत नभएको बताइएको छ ।
नेपाल शिक्षक महासंघको आह्वानमा गत चैत २० गतेबाट काठमाडौं केन्द्रीत आन्दोलनका क्रममा विद्यालय बन्द रहेका बेला त्यस्तो धम्की आएको बताइएको छ । विज्ञप्ति मार्फत उनलाई सचेत गराउँदै त्यस्ता गतिविधि नदोहोर्याउन भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here