वीरता जेसीजद्वारा प्रहरी उपरीक्षक केसीलाई सम्मान सहित विदाई

0
118

झापा, वीरता जेसीजले जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीलाई सम्मान सहित विदाई गरेको छ ।
प्रहरी उपरीक्षक केसीको हालै उपत्यका प्रहरी कार्यालय रानीपोखरी काज सरुवा भएको छ । उनको सरुवा भएसंगै वीरता जेसीजले सम्मान सहित विदाई गरेको हो ।
वीरता जेसीजका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी उपरीक्षक केसीले झापामा रहदा उत्कृष्ठ कार्य गरेको भन्दै सम्मान गरिएको थियो ।
वीरता जेसीजका कानूनी सल्लाहकार अमरजीत साहले आस्था बाचन, वीरता जेसीजका सदस्य भुपेन्द्र भण्डारीले स्वागत गरेको कार्यक्रममा प्रहरी उपरीक्षक केसीलाई सम्मान पत्र सहित मायाको चिनो जेसीज अध्यक्ष कुँवरले प्रदान गरेका थिए ।


जेसीजका उपाध्यक्ष पुष्प भण्डारीको संयोजकत्वमा भएको कार्यक्रममा जेसीका पूर्व अध्यक्ष राजेन्द्र चम्लगाई, भेषराज भण्डारी‘प्रशान्त’ सञ्जु भारती, विशाल थापा, एकराज गिरी, नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष भीम वहादुर कुँवर, औषधि व्यवसायी संघ झापाका अध्यक्ष जीवन कुमार खड्का, सतासीधाम जेसीजका अध्यक्ष पदकजंङ्ग कुँवर लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव विज्ञानराज पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here