शनिश्चरे बहुमुखी क्याम्पसमा अनुसन्धान प्रस्तावना लेखन तालिम

0
22
अर्जुनधारा, झापाको अर्जुनधारा–७ शनिश्चरे बहुमुखी क्याम्पसको आयोजनामा शनिबारदेखि अनुसन्धान प्रस्तावना लेखन सम्बन्धी तीन दिने क्षमता विकास तालिम सुरु भएको छ ।
क्याम्पसको सभाहलमा सञ्चालन हुने उक्त तालिम प्राध्यापकहरुको क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्णबहादुर थापाले जानकारी दिए ।
सहजकर्ताहरु प्राध्यापक डा. विष्णु पाठक, उपप्राध्यापक रुद्र थापा र क्याम्पस प्रमुख मोहनप्रसाद ओलीले सहजिकरण गर्ने तालिममा शनिश्चरे बहुमुखी क्याम्पससँगै इन्द्रचन्द्र बहुमुखी क्याम्पस, कनकाई बहुमुखी क्याम्पस, गरुवा बहुमुखी क्याम्पस र सीतारमेश बहुमुखी क्याम्पसका प्राध्यापकहरु र विद्यार्थीसहित ५० जना बढीको सहभागिता रहेको बताइएको छ ।
तालिममा शिक्षा क्षेत्रमा अनुसन्धान कार्य किन ?, अनुसन्धान प्रस्तावना, अनुसन्धान प्रस्तावना लेखनका प्रक्रियाहरु, अनुसन्धान शिर्षकको छनौट, साहित्यको समिक्षा, अनुसन्धान प्रश्न, अनुसन्धान ढाँचा तथा विधि, तथ्याङ्क संकलन र विश्लेषण, तथ्याङ्क विश्लेषण प्रविधिलगायतका विषय बारे सहभागीहरुलाई जानकारी गराइने छ ।
क्याम्पस अन्र्तगत रहेको अनुसन्धान व्यवस्थापन एकाई अध्यक्ष कमलकान्त पौडेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका प्रमुख सहपरीक्षा नियन्त्रक गोविन्दप्रसाद गुरागाईंले उद्घाटन गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख थापाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here