संयुक्त पहिचानवादी मोर्चाले प्रतिगामी तत्वहरूको खुलेरै प्रतिवाद गर्ने

0
22

बिर्तामोड , संयुक्त पहिचानवादी मोर्चाले सांगठानिक विस्तारलाई निरन्तरता दिने भएको छ । मोर्चाले आगामी जेठ २५ गते हल्दीबारी गाउँपालिका जेठको अन्तिम हप्ता भद्रपुर र बिर्तामोडमा असार ५ गते भेला आयोजना गर्ने निर्णय गरेको मोर्चाका झापा संयोजक एलबी पालुङ्वाले जानकारी दिएका छन् ।संयोजक पालुङ्वाका अनुसार बाँकी पालिकाहरुमा पनि गठन विस्तार प्रक्रिया सम्पन्न गर्दै जाने निर्णय गरिएको छ । मोर्चाको सोमवार बिर्तामोडमा बसेको पहिलो सचिवालय बैठकले संगठन बिस्तारलाई निरन्तरता दिने निर्णय गरेको हो ।यस्तै मोर्चाको सचिवालय बैठकले जिल्ला सचिवालय सदस्यमा मोगेन राईलाई जिल्ला सल्हाकारमा प्रेम घिसिङ मनोनयन भएको संयोजक पालुङ्वाले बताए ।

संघीय लोकतन्त्रिक गणतन्त्र र धर्मनिरपेक्ष व्यवस्था विरुद्ध मुलुकमा प्रतिगामी तत्वहरूले चलखेल गरिरहँदा संयुक्त पहिचानवादी मोर्चा चुप नलाग्ने र खुलेरै त्यसको प्रतिवाद गर्ने समेत निर्णय भएको बताइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here