कांग्रेस नेता आलमलाई उच्च अदालतले सफाइ दियो

0
23
काठमाडौँ, 
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जबाट सफाइ पाउनुभएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलम केहीबेर अघि रिहा हुनुभएको छ ।
नक्खु कारागारमा रहनुभएका उहाँलाई परिवारको जिम्मा लगाएर रिहा गरिएको कारागारका जेलर भीमराज कोइरालाले राससलाई जानकारी दिनुभयो ।
यसअघि आलममाथि जिल्ला अदालत रौतहटले राजपुर बम काण्ड तथा त्यसपछि भएको व्यक्ति हत्यामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।
जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतले आजै आलमलाई सफाइ दिएको अदालतका रजिष्टार दीपक भण्डारीले जानकारी दिनुभयो ।
आलममाथि २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा मुख्य योजनाकार रहेको आरोप लागेको थियाे ।
याे घटनामा जिल्ला अदालत राैतहटले आलमसहित चार जनालाई २०८१ साल वैशाखमा जन्मकैदकाे फैसला सुनाएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here