काठमाडौं ।
४४ वर्ष अगाडि युवती हुँदा पोखरा आएकी थिइन बेलायतकी सु चेम्बरलेन । चेम्बरलेन त्यो बेलाको पोखराका माछा मार्नेहरू, सुन्दर गाउँ र प्राकृतिक वातावरण ले उनलाई मोहनी नै लगायो । त्यही नोस्टाल्जिया सम्झेर फेरि पोखरा आइन् उनी ।
गत मार्च ८ मा पोखरा पुग्दा त उनले ४४ वर्ष अगाडि देखिएको पोखरा भेटिएन । बरु भेटिए कङ्क्रिटका कुरूप जङ्गल । डान्स बार, स्पा र अरू होटलहरु । पोखरा बस्नै सकिनन् सु । उनी भन्छिन्, ‘पोखराको हालत देखेर हृदय क्षतविक्षत भयो । म विकर्षित भएर काठमाडौं आए ।’
काठमाडौं आएर शान्त प्राकृतिक र सुन्दर स्थान नेपालमा कता पाइएला भनेर उनी अनलाइनमा सक्रिय भइन्। उनलाई इलामले जानकारी ले लोभ्यायो । इलाम आइन । जेठ तेस्रो हप्ता इलाम आएर उनी होटलमा बसिनन् । होमस्टेमा बसिन् ।
करफोक खलङ्गा होमस्टेमा बसेर उनले सोही स्थानमा भेला भएका मेची क्षेत्रका चार जिल्लाका पर्यटन पत्रकारसँग आफ्नो अनुभव सुनाउँदै भनिन, ‘मलाई नेपाल सुरक्षित लाग्छ । भरिया र पथप्रदर्शक बिना एक्लै यात्रा गर्ने पाको महिला को रूपमा मलाई सुरक्षित महसुस हुन्छ ।’
इलामको सत्कार, सहयोग र आत्मीयताको कुरा पत्रकार लाई सुनाउँदै उनले भनिन, ‘मौलिकता जोगाउनुस् ।’ उनले पोखराको ४४ बर्स अगाडि र अहिलेको जस्तो फरक इलामको नहोस् भन्ने कामना गर्दै उनले इलामलाई नि एक कमजोरी सुधार गर्न आग्रह गरिन । भनिन, ‘फोहोर खासगरी प्लास्टिकको चैँ व्यवस्थापन गर्नु होला।