ईजरायल-ईरान युद्ध : नेपाली दूतावासले भन्यो- अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कनु

0
25

योगेन्द्र योगी
बिराटनगर, 

ईजरायल-ईरान बीच युद्ध भइरहेकाले अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तेल अविवस्थित नेपाली दूतावासको आग्रह गरेको छ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै हाल चलिरहेको ईजरायल-ईरान युद्धका दौरान इजरायलका विभिन्न स्थानहरूमा ठूलो जनधनको क्षति पुगेको स्थितिमा ईजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि लगातार अध्यावधिक निर्देशनहरु जारी गरिरहेको जनाएको छ।

यस विषम अवस्थामा शैक्षिक संघसंस्था एवं अत्यावश्यक बाहेकका कार्यालय बन्द रहने र सभा/भेला नगर्ने भनी निर्देशन जारी भएको हुँदा इजराइलमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न दूतावासले अपिल गरेको छ।

आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत दूतावासले अनुरोध गरेको छ।

नेपालीहरुको सुरक्षा र हितको लागि दूतावासले २४ सै घण्टा हट लाइन नम्बर खुल्ला राखेको जनाएको छ। कुनै पनि समस्या परेको खण्डमा दूतावासका द्वितीय सचिव कुमार बहादुर श्रेष्ठ सम्पर्क नम्बर ९७२ ५३५३६ ०७४८ र तृतीय सचिव संजय कुमार शाह सम्पर्क नम्बर ९७२ ५४ ५५८ २०७७ मा सम्पर्क गर्न पनि सबै नेपालीमा अनुरोध गरेको छ।

इरानले इजरायलमा प्रहार गरेको पछिल्लो हमलामा नयाँ म्यानुभरेबल ब्यालिस्टिक मिसाइल प्रयोग गरेको बताएको छ । गएराति इजरायलको मध्य क्षेत्र बात याम सहरमा इरानी इरानले म्यानुभरेबल ब्यालिस्टिक मिसाइल प्रहारका कारण चार जनाको मृत्यु भएकोमा जसमा १० वर्षीय एक बालक पनि परेको इजरायलको आपतकालीन् सेवाहरूले जनाएको छ ।

एउटा भवनलाई निशाना बनाएर आक्रमण गरिएपछि अहिले इजरायलको ब्रुकलिन पार्क शहरमा ठूलो आपतकालीन् प्रतिकार्य अभियान चलिरहेको बताइएको छ । इजरायलको राष्ट्रिय आपतकालीन सेवा मागेन डेभिड एडमका अनुसार, ६० वर्षीया एक महिला, ८० वर्षीया अर्की महिला र उमेर नखुलेकि एक बालिका पनि मृत्यु भएकी छिन् भने १०० भन्दा बढी घाइते भएको बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here