विराटनगर ।
प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश बिराटनगर तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजनामा आजबाट कोशीका १४ वटै जिल्लामा ट्राफिक सप्ताह शुरु भएको छ ।
सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि प्रदेश स्तरीय ट्राफिक सप्ताहको शुभारम्भ गरिएको हो । विराटनगरस्थित महेन्द्र चोकबाट प्रभात फेरी र्याली शुरु भई विराटनगरको सिटी हलमा पुगी एक कार्यक्रमको आयोजना बीच ट्राफिक सप्ताहको शुभारम्भ भएको हो ।
निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीको अध्यक्षता तथा कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यमा शुभारम्भ भएको हो । कार्यक्रममा मुख्यमन्त्री कार्कीले सचेतना मुलक श्रव्यदृश्य सामाग्री “सुरक्षित यात्रा” को औपचारिकरुपमा अनावरण गर्नुका साथै सार्वजानिक यात्रु वाहक बसमा यात्रुहरुको गुनासो तथा सुझावको लागि क्युआर कोडको स्टिकर समेत टाँस गरेका थिए ।
प्रमुख अतिथि कार्कीले सडक दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनमा सबै क्षेत्रको उत्तिकै साथ र सहयोग रहेमा दुर्घटना न्युनिकरणमा थप सहजता हुनेमा विश्वास व्यक्त गरे । विद्यालय स्तरमा नै ट्राफिक सचेतना प्रदान गर्न सकिएमा दिर्घकालिनरुपमा सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने भन्दै मुख्यमन्त्री कार्कीले ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरणमा उल्लेख्य योगदान पुर्याउन योगदान गर्नेहरुलाई प्रसंसा पत्र प्रदान गरी सम्मान गरेका थिए ।
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीलाई आवश्यक स्रोत साधन उपलव्ध गराउन कोशी प्रदेश सरकार तत्पर रहेको बताउदै सवारी दुर्घटना न्यूनिकरणमा प्रदेश स्तरीय ट्राफिक सप्ताहले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले ट्राफिक सप्ताहको शुभकामन सहितको मन्तव्य राखेका थिए भने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठले स्वागत तथा ट्राफिक सप्ताहको औचित्य माथि प्रकाश पारेका थिए ।
कार्यक्रमका अध्यक्ष तथा निमित्त कोशी प्रदेश प्रहरी प्रमुख अधिकारीले ट्राफिक सप्ताहको सफलताको शुभकामना सहित धन्यवाद दिएका थिए । कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकाश मन्त्री पाँचकर्ण राई, खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्की, आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रामप्रसाद आचार्य, पूर्वी पृताना हेडक्वार सुनसरीका सहायक रथी गौरवकुमार रेग्मी, सशस्त्र प्रहरी वल बराहबाहिनी पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, राष्ट्रिय अनुन्धान कार्यालय धरानका अनुसन्धान निर्देशक ईन्द्र सिह लामा लगायतको आतिथ्य रहेको थियो ।
सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि शुक्रबारबाट एकैसाथ कोशी प्रदेशका १४ वटै जिल्लाहरुमा ट्राफिक सप्ताह २०८२ को शुभारम्भ भएको हो । एक सातासम्म जिल्लाहरुमा बिभिन्न ट्राफिक सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरी ट्राफिक सप्ताह मनाइने जनाइएको छ । यता झापामा पनि आजबाट ट्रााफिक सप्ताह कार्यक्रम शुरु भएको छ ।