अस्पतालबाट ११ महिना अघि फरार कैदी अझै भेटिएनन्

0
153

बिर्तामोड ।

प्रहरीले फरार प्रतिवादी धामधम पक्राउ गरेको बताए पनि ११ महिना अघि अस्पतालबाटै फरार भएका एक कैदी हालसम्म पक्राउ पर्न सकेका छैनन् ।

जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका भद्रपुर नगरपालिका–५ घर भएका २४ वर्षीय जीवन साह २०८१ साल भदौ ३० गते प्रहारीलाई छक्याएर अस्पतालबाट फरार भएका थिए । साहलाई झापा जिल्ला अदालतले १६ वर्षीया बालिकालाई जबरजस्ती करणी मुद्दाको आरोपमा पुर्पक्षका लागि २०८१ भदौ ५ गते झापा कारागारमा चलान गरेको थियो ।

छातिमा समस्या भएपछि साहलाई भदौ २५ गते मेची प्रादेशिक अस्पताल भद्रपुर लागिएको थियो । उनलाई मेची प्रादेशिक अस्पतालबाट ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो । उनी सोही अस्पतालबाट प्रहरीलाई छक्याएर फरार भएका थिए । प्रहरीको सुरक्षा कमजोरीका कारण कदै अस्पतालबाटै फरार भएका थिए ।

११ महिनासम्म पनि उनलाई प्रहरीले फेला पार्न नसकेको जिल्ला प्रहरी काार्यालय झापाका निमित्त सुरचना अधिकारी प्रहरी निरीक्षक प्रविन श्रेष्ठले जानकारी दिए । उनले पूर्वाञ्चलसंग कुरा गर्दै फरार कैदीको खोजी भइरहे पनि हालसम्म पक्राउ गर्न नसकेको बताए ।

प्mरार साहको सुरक्षाका लागि प्रहरी सहायक हवल्दार धनेश्वर यादब, प्रहरी जवानद्वय दिपेन मण्डल र सामकुमार राईलाई निलम्बन गरेर कानुनी कारबाहीका लागि अदाल बुझाएको र अदालतले के सजाय ग¥र्यो भन्ने केही जानकारी नभएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

सुरक्षामा खटिएका प्रहरीलाई साहको श्रीमतीले मादकपदार्थ सेवन गराएको र प्रहरीलाई छक्याएर साह श्रीमतीसहित स्कूटर लिएर अस्पतालबाट फरार भएको अस्पतालको सिसी टिभी फुटेजमा देखिएको थियो । फरार भएका साह भद्रपुर–३ स्थित झोलुङ्गे पुल हुँदै मेचीपारि नाकाबाट भारततर्फ भागेका थिए । उनले श्रीमतीलाई समेतसँगै लिएर भारततर्फ लागेको बताइन्छ ।

यसअघि इलाका प्रहरी कार्यालय अनारमनीका एकजना थुनुवा हतकडी फुस्काइ फरार भएका थिए । फरार भएको चार दिनपछि गत वर्षको भदौ ८ गते उनी बिर्तामोड बसपार्कबाट समातिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here