सन्दर्भ जन्मदिन

0
14

समयलाई नदेख्न सकिन्छ, नसुन्न सकिन्छ । फेरि पनि यो हाम्रो जीवनको सबैभन्दा ठूलो शासक हो । समयले फूल फुलाईदिन्छ र ओइलाई पनि दिन्छ । समय सबैको लागि छ, तर यो कसैको लागि पनि होइन । यसलाई पक्रने होइन, यो सँगै बग्न सक्नु र सिक्नु पर्दोरहेछ । यहि सत्य हो ।

समयको यही परिभाषासँगै आज मेरो जन्मको ५९ वर्ष पार गरेर म ६० मा प्रवेश गरेँ । धेरै गीतहरुको सँगालो जस्तै भयो जीवन । धेरै कविताका पंक्तिहरु जस्तै गरी चलिरहे पाइँलाहरु । कतै गजल जस्तै दुख्यो, कतै हाँस्यव्यंग्य झैं हाँस्यो । मानवीय समवेदना न हो कतै छुट्नै नसक्नेहरुसँग छुटियो । कतै भेट्नै नपर्नेहरुलाई भेटियो होला । कहिले व्यस्त भइयो, कहिले अस्तव्यस्त भइयो । जीवनयात्रा होइन गन्तव्य हो र त्यस्तै भयो । पाइँलैपिच्छे ठोकियो कि फूलहरुमा कि काँडाहरुमा । जीवन चलिरह्यो कतिलाई आफूले डोहो¥याइयो, कतिले आफूलाई डोहो¥याए । माथि जे जस्तो भयो साँच्चै भन्ने हो भने त्यो एउटा सपना थियो । किनकि अब ती दिनहरु म सँग छैनन् तथापि मलाई डोहो¥याएर यहाँ आइपुग्न सहयोग गर्नेहरुलाई हृदयदेखि कृतज्ञता ज्ञापन गर्दछु ।

धन्यवाद भन्न चाहन्छु । जो सँगै मैले साक्षतकार गरेँ र म सँग जस्तो गरे । आठ अर्ब मानिसहरुमा तिनै मेरा खास मासिनहरु हुन जसलाई मैले भेटेँ र जसले मलाई भेटेँ । अरु त सबै पृथ्वीमा छन् भन्ने गणना मात्र त हुन । त्यसैले आजको खास दिनमा म तिनीहरुसँग माफी भाग्न चाहन्छु जसलाई मैले मन दुखाएँ । र म ती सबैलाई माफी दिन चाहन्छु जसले मेरो मन देखाएको महशुस गरिरहेका छन् । मलाई त त्यस्तो लाग्दैनकी कसैले मेरो मन दुखाएको छ । तथापि यो तिनीहरुको लागि मात्र हो, जसले महशुस गरिरहेका छन् ।

बुवाले छाडेर जानुभएको पाँच महिना भएछ । ठ्याक्कै ३० वर्ष उमेर फरक थियो हामी बाबुछोराको । दैवले त्यस्तो किटान गर्दैन । तर म अबको ३० वर्षपछिको त्यो दिन सम्झिएर दुःखी छैन । मैले आफैले धेरै मानिसलाई उनीहरुको जीवनलाई मूल्यवान बनाउन सहयोग गरेँ । बदलामा आफ्नो जीवन सस्तो भयो कि जस्तो लाग्छ । यो मेरो भूल होइन इमान्दारिता थियो । तर, म सत्य लेखीरहेछु । पछाडि फर्किएर हेर्ने चलन नहुँदानहुँदै पनि कहिलेकाहीँ हेरिँदोरहेछ । पश्चाताप गर्न होइन आनन्द लिनका लागि हेर्ने चलन छ मेरो ।

म आफूले आफूलाई आफैभित्र खोज्थेँ । जुनदिन मैले मलाई भेट्टाएँ । मेरो खोज सकिएको छ । मान्छेहरु धोका दिएको ठान्छन्, तर म पहिले तयार थिएँ, कि ती धोकाहरु मसम्म आइ पुग्दैनन् । मलाई थाहा छ । मानिस अरुको कारणले होइन, आफ्नै कारणले मात्र दुःखी हुन्छ । अरुको कारणले भन्ने त भ्रम मात्र हो । वास्तवमा संसारमा न दुःख छ न सुख ।

त्यसैले म दुःखी छैन, न त सुखी नै । मेरो जीवन एउटा प्रक्रियामा छ । भौतिक रुपले पार गरेको उमेरले अस्तय तिरको यात्रा शुरु भएको छ । तथापि सूर्य जस्तै शान्त भएर बाँच्न मन छ । कहिलेकाहीँ बिस्कुन सुकाउन तात्नु पनि पर्छ । कहिलेकाही पानी पार्न बादलभित्र लुक्नु पर्छ । यो जीवनको प्रक्रियाभित्र पर्छ भन्ने मेरो कुरा हो । मधुरो, चर्को र मधुरो प्रकाश झैं जीवन प्रक्रियामा चलिरहेछ ।

एकदिन एक मित्रले जीवनको बारेमा भने– जीवनमा गर्नैपर्ने काम के हो ? मैले भने– मृत्युलाई सहज बनाउनु । साथै अर्को प्रश्न राखे– तपाईलाई कति बाँच्ने रहर छ ? मैले भने– मलाई बाँचिरहने रहर छैन र मर्नलाई हतार पनि छैन । अहिले म ३५ वर्षको उमेरमा संसार छोड्नु भएको हजुरबा र ९० वर्षको उमेरमा जानुभएको मेरो बुवालाई सम्झीरहेको छु, मेरो उमेर उहाँहरुको भन्दा २५ वर्ष बुढो र ३० वर्ष ठिटो छ । जुन उमेर ५९ वर्ष हो । यसै अवसरमा मेरो जन्मोत्सवको दिन शुभकमना दिने सबै साथीहरुलाई कृतज्ञता व्यक्त गर्दछु ।

साथै तपाईहरुको जीवन पनि सधँै आनन्दीत रहोस् मेरो पनि शुभकामना छ । धन्यवाद ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here