बिग ब्रदर कभर्डहलका सञ्चालक बोहोरामाथि हतियार प्रहार

0
92

झापा । बिर्तामोड–५ महानन्द चोक नजिक रहेको बिग ब्रदर कभर्डहलका सञ्चालक उमेश बोहोरामाथि हतियार प्रहार भएको छ। साेही कभर्डहलनजिक सामान्य विवाद बढ्दै गएपछि त्यहाँका ४८ वर्षीय मेदनीप्रसाद मैनालीले बोहोरामाथि धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ।

प्रहारबाट ५० वर्षीय बोहोराको पेट, दुवै कोखा र दुवै हातमा गम्भीर चोट लागेको छ। घाइते बोहोराको बिर्तासिटी अस्पताल, बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

घटनापछि फरार रहेका मैनालीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले गए राति ११ बजेतिर उनको घरबाट पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार सामान्य विवादकै कारण घटनास्थलमा तनाव उत्पन्न भई मैनालीले बोहोरामाथि हतियार प्रहार गरेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here