जबरजस्ती करणी आरोपमा युवक पक्राउ

0
12

झापा।

झापाको अर्जुनधारा नगरपालिका–११ स्थित सूर्योदय होटलमा जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

गत मंसीर २७ गते दिउँसो अर्जुनधारा नगरपालिका–११ बस्ने २३ वर्षीय कृष्ण बुढाथोकीले १६ वर्षीया नाबालिगलाई ललाई–फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरीले बुढाथोकीलाई पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अभियुक्त कृष्ण बुढाथोकीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र वहादुर खड्काले जानकारी दिए ।

घटनासम्बन्धी थप अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट आज पहिलो पटक ६ दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here