नेतृत्व तहमा सम्भावित महिला नेतृहरुको अर्थपूर्ण सहभागीताका लागि ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

0
12

योगेन्द्र योगी
सुन्दरहरैंचा(मोरङ),

मोरङको सुन्दरहरैंचामा नेतृत्व तहमा सम्भावित महिला नेतृहरुको अर्थपूर्ण सहभागीताका लागि ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। आमकास नेपाल मोरङको आयोजना तथा टेवा नेपालको आर्थिक सहयोगमा सुन्दरहरैंचामा नेतृत्व तहमा सम्भावित महिला नेतृहरुको अर्थपूर्ण सहभागीताका लागि ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको हो।

सुन्दरहरैचा – ९ मा रहेको इन्द्रपुर बहुउदेश्यीय सहकारी संस्थाको भवनमा समापन भएको तालिममा आमकास नेपाल मोरङकी अध्यक्ष उमादेवी सेढाईको अध्यक्षता तथा कोशी प्रदेश सरकारका पूर्व राज्यमन्त्री राजकुमार ओझाको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व राज्यमन्त्री ओझाले तालिमबाट प्राप्त ज्ञान र सीपलाई दैनिक जीवनमा व्यवहारिक रूपमा उतार्नुपर्नेमा जोड दिँदै, आर्थिक,सामाजिक र नेतृत्व तहमा महिलाको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे। उनले महिलाले सकारात्मक सोच राख्दै सशक्त नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याए ।

तालिमकी प्रशिक्षक सरु जोशी श्रेष्ठले महिलाहरु पनि नेतृत्व तहमा पुग्नका लागि कतिपय कानुन जन्नै पर्ने बताउदै महिलामाथि हुने हिंसा, जबर्जस्ती विवाह, बालविवाहजस्ता समस्याहरू अझै समाजमा विद्यमान रहेको र यस्ता मुद्दामा सचेतना अभिवृद्धि गर्न र कानुनी संरक्षणलाई सुदृढ बनाउनुपर्नेमा जोड दिईन्। तालिममा सहभागी महिलाहरूले पनि यस्ता तालिमहरूले नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा निर्णय प्रक्रियामा प्रभावकारी सहभागिता जनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका छन्।

तालिम समापन गर्दै आमकास नेपाल मोरङकी अध्यक्ष उमादेवी सेढाईले तालिमको उद्देश्य महिलालाई आत्मनिर्भर, सशक्त र नेतृत्वक्षम बनाउँदै सामाजिक परिवर्तनमा सक्रिय भूमिका निर्वाह गर्न सक्षम बनाउनु रहेको बताईन्। कार्यक्रममा विशिष्ट अतिथि सुन्दरहरैंचा ९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ, इन्द्रपुर बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष गोपाल प्रसाद पौडेल,तुलसी जंग कार्की,मिलन घिमिरे लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन मीना रिमाल बजगाईंले गरेकी थिईन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here