[भूवन तामाङ]आजभन्दा चारवर्ष अघि गर्मी महिनाको दिन मोटरसाइकलमा म बिर्तामोडबाट भद्रपुर जाँदै थिएँ । गरामनीमा पुगेपछि मैले दुर्गा मन्दिरतर्पm हेरें किनकि दशैंको नवमीको दिन दुर्गापूजा गर्न फुपु–फुपाजु आप्mनै गाडीमा परिवारै बुधबारेबाट आउने गर्नु हुन्थ्यो र म पनि पछि–पछि लागेर आउने गथेँ । त्यो सानो बेलाको सम्झना ताजै भएकोले गरामनी पुगेपछि मेरो ध्यान दुर्गा मन्दिरले खिच्ने गर्छ । आहा ! त्यो बेलाको गरामनी दुर्गा मन्दिर आउँदाको अनि मेला भर्दाको रमाइलो अब कहाँ पाऊँ ? किनकि फुपु–फुपाजु उहिल्यै परलोक भइ सके र त्यही बेलादेखि हामी त्यसरी हुल बाँधेर गरामनी आउन पनि छाड्यौँ ।
त्यसरी मोटरसाइकलमा भद्रपुर जाँदै गर्दा गरामनी दुर्गा मन्दिरको आडैमा दक्षिण मोहडा गरेर एउटा कार्यक्रम भइरहेको त्यहाँ बजिरहेको साउण्ड सिस्टमको आवाजले थाहा पाएँ र सोचेँ– ‘यहाँ केही कार्यक्रम भइरहेको छ ।’ केही घण्टापछि भद्रपुरबाट फर्कदा पनि कार्यक्रम सकिएको थिएन । साउण्ड सिस्टममा गीत गुञ्जिरहेको थियो । आपूm पनि संगीतप्रति रुची राख्ने भएकाले कार्यक्रम स्थलतिर मोडिएँ । गीतमा एक बालिका सुन्दर नृत्य प्रस्तुत गरिरहेकी थिइन् । यसैबीच उद्घोषकले ‘पूर्वाञ्चल राष्ट्रिय दैनिक’का प्रधान सम्पादक ‘मदन ढकाल’लाई मन्तव्य राख्न अनुरोध गरे । मदन ढकालद्वारा आप्mनो मन्तव्यमा बोल्ड शैलीमा देशको राजनीति तथा नेताहरुको कमजोरीप्रति चिन्ता व्यक्त भएको थियो ।
कार्यक्रम सकिएपश्चात मैले प्रधान सम्पादक मदन ढकाललाई भेट्न खोजेँ तर आँट आएन । बाटोमा पूर्वाञ्चल राष्ट्रिय दैनिक र मदन ढकाल नाम सम्झदै बिर्तामोडतिर लागेँ किनकि म झापाको कुनै एक पत्रिकामा लेख, रचना तथा साहित्य प्रकाशित गर्न चाहन्थे । पूर्वाञ्चल पत्रिका मेरो मनमा गाढा बनेर आइरह्यो किनकि भेट्रान फिचर लेखक मोहन मैनालीले यसै पूर्वाञ्चल राष्ट्रिय दैनिक सोह्रौंवर्ष टेकेको उपलक्ष्यमा कुनै अनलाइन या सामाजिक सञ्जालमा फिचर लेखेका थिए । त्यो मंैले पढ्ने अवसर पाएको थिएँ । त्यसैले पनि पूर्वाञ्चल पत्रिका झापाको स्तरीय पत्रिका भएको मलाई लाग्यो ।
यस अघि मैले ‘ऐँसेलु’ (उपन्यास), ‘अ बुलेट एस्से (फरक पुस्तक)’ र ‘हिमपरी’ बाल उपन्यास लेखेको थिएँ तर पनि कल्पना गर्नु, रचना गर्नु र लेख्नुको धित मरेको थिएन र सधैँ किताब लेख्न सकिने पनि होइन । काठमाडौ छँदा छिट्फुट रुपमा मात्र लेख, रचना प्रकाशित गर्न सक्षम भएको थिएँ र पहँुच स्थापित गर्न नसक्दा राम्रो अवसर पाइराखेको थिइन । त्यसैले म एकप्रकारले भौँतारिरहेको थिएँ ।
आप्mनै ठाउँमा बस्ने, मर्ने भावनाले काठमाडौं सदाका लागि छाडेर झापा त्यसमा पनि आप्mनै गाउँ बुधबारे सपरिवार झरेको थिएँ र झापाबाट प्रकाशति हुने कुनै एक दैनिक पत्रिकामा आप्mना लेख, रचना तथा साहित्यहरु प्रकाशित गर्ने अवसर तथा माध्यम खोजिरहेको थिएँ तर म मा पत्रिका कार्यालयहरुमा पसिहाल्न आँट भने आइरहेको थिएन ।
बुधबारेका उत्साही युवा मनोरथ तिवारीको सोच तथा पहल र वरिष्ठ साहित्यकार टंक विकल्पको नेतृत्वमा हामीले गाविस स्तरीय ‘कञ्चनजंघा सामुदायिक पुस्तकालय’ खोल्यौँ र पुस्तकालयको उद्घाटनका अवसरमा उही पूर्वाञ्चल राष्ट्रिय दैनिकका प्रधान सम्पादक ‘मदन ढकाल’ सरलाई विशेष अतिधिको रुपमा निम्ता ग¥यौँ र मदन ढकाल सरसँग त्यसरी आप्mनै ठाउँमा चिनजान र भेट हुने अवसर मिल्यो । मैले मौका छोप्दै मदन ढकाल सरसँग आप्mनो इच्छा जाहेर गर्दै आपूm नेपाल प्रेस इन्स्टिच्यूट, थापाथली काठमाडौ (जहाँ देशकै ठूला सञ्चारमाध्यमका अग्रज पत्रकारहरुद्वारा पत्रकारिता पढाइन्छ) मा दश महिने पत्रकारिता तालिम लिएको र रेडियो सगरमाथामा काम गरी अनुभव समेत हासिल गरेको र लेख, रचना तथा साहित्यमा आप्mनो रुची रहेको सुनाए । यति सुनेपछि ‘अहो ! यस्तो योग्य मान्छेलाई हामी मौका दिन्छौँ’ भन्दै स्तम्भ नै लेख्न मदन ढकाल सरबाट अनुमति पाएँ । त्यो दिन मेरा लागि एसएलसी पास भएको दिनजस्तै खुशीको दिन थियो । त्यो खुशीको खबर सुनाएपछि साहित्यकार टंक विकल्पबाट तत्कालै बधाइ पाएँ ।
हरेक भेटमा मदन ढकाल सरबाट हौसला, सुझाव र प्रेरणा पाइरहेँ । आजको दिनसम्म आइपुग्दा हरेक शनिबार साहित्य पृष्टमा साहित्य लेख्ने अवसर पाइराखेको छु । कथाका अलावा पुस्तक समीक्षा, निबन्ध तथा समसामयिक विषयमा लेख पनि प्रकाशित हुने अवसर मिलिरहेको छ । दोलखा (कर्मथलो)बाट दशैँमा झापा घर आएका बखत, मदन ढकालसरलाई भेट्न पुग्दा मदन ढकालसरकै शब्दमा भन्नुपर्र्दा सरको शरीर ‘झिटी’ थियो तर वाणी र मुहार बोल्ड नै । बिमार पत्ता लगाउने र उपचार गर्ने क्रममा भारतमा पाएको दुःख र बिर्तामोडमा हप्ताको दुइपटक डाइलासिस गरिरहेको व्यक्त भयो ।
साथै, ‘भुवन ! तिमीले राम्रो लेखरहेका छौ, लेख्न नछोड्नु, समाजलाई केही न केही सकारात्मक सन्देश दिन नछोड्नु’ भन्ने मदन ढकाल सरको सुझाव सुनेपछि मैले अझ राम्रो गर्नुपर्छ भन्ने अठोट लिएको छु । झापाबाट प्रकाशित नै सही तर झापामा पनि देशभरीकै र छिमेकी मित्र देशका पाठकवर्गहरु पनि विभिन्न कामले बसेका छन् र पूर्वाञ्चल राष्ट्रिय दैनिक पाठ, अध्ययन गरिरहेकै छन् । त्यसैले काठमाडौकै सञ्चारमाध्यममा लेख्ने तलतल ‘पूर्वाञ्चल’ले मेटाइ दिएको छ । मित्र, आफन्त, अग्रज तथा पाठकहरुसँग भेट हुँदा पूर्वाञ्चलमा प्रकाशित मेरा लेख, रचना तथा साहित्य पढेको र घत लागेको कुरा व्यक्त हुने गरेका छन् । भन्न चाहन्छु, पूर्वाञ्चल राष्ट्रिय दैनिकका माध्यमबाट आज म भुवन तामाङ या स्तम्भ लेखकको रुपमा परिचित हुनुमा अग्रज पत्रकार ‘मदन ढकाल’ सरको हौसला र प्रेरणा नै प्रमुख रहेको छ ।
केही दिनअघि एक अनलाइनमा ‘पत्रकार मदन ढकाललाई नयाँ जीवन, ४५ मिनेटको कृतिम श्वासपछि होस खुल्यो’ शीर्षकको, पत्रकार सुरेन्द्र भण्डारीद्वारा लिखित समाचार टाढा दोलखा (कर्मथलो) मा बसेर पढियो अनि मेरो मनमा फेरि पनि मदन ढकालसरका वाणी ताजा भएर आए ।
फोटोमा, बिरामी अवस्थामा अस्पतालको बेडमा पनि उस्तै बोल्ड र टाठो मुद्रामा पूर्वाञ्चल राष्ट्रिय दैनिक पत्रिका पढिरहेको देख्दा लाग्यो मदन ढकाल सर एक अन्त्यन्त उर्जाशील तथा जीवन र रोगसँग हार नखाने आँटिलो र जोशिलो व्यक्तित्व हो । जसको गाइडेन्स र प्रेरणाबाट धेरै धेरै प्रतिभाहरु जन्मिए तथा विकास भए र आज समाज तथा देशका लागि उस्तै बोल्ड र टाठो शैलीमा कलम चलाइ रहेका छन् । सञ्चारका क्षेत्रमा, विशेषगरी झापा र आसपासको क्षेत्रमा मदन ढकाल सरको कस्तो योगदान रह्यो ? भन्ने कुरा मदन ढकाल सरकै समकालीन तथा अग्रजहरुका उद्गारहरुबाट प्रष्ट भैसकेको छ । जसबाट नयाँ पुस्ताले धेरै कुरा ग्रहण गरेर र प्रेरणा लिएर आप्mनो समाज र देशका लागि धेरै सकारात्मक योगदान गर्नु जरुरी छ । तर, मदन सरको निधनले मलाई मात्र होइन, म जस्ता पत्रकारिताको क्षेत्रमा बामे सर्दै गरेकालाई स्तब्ध बनाएको छ । सायद मदन सरले मलाई प्रेरणा र हौसला नदिनु भएको भए म यो अवस्थामा आइपुग्दिन थिएँ होला ।