रामचन्द्र उप्रेती
चैत्र २० गते राष्टिय सहकारी दिवश । यो दिवश मनाउन थालेको धेरै त भएको छैन तर यसले निकै व्यापकता पाएको छ र पाउदैछ । साठीको दशकमा छिटपुट रुपमा मनाउने गरेको यो दिवश ७० को मध्यसम्ममा निकै व्यापक बनेको छ । विगतमा सहकारी संघसस्थाले मात्रै यसलाई महत्व दिएर मनाउने गरेकोमा विगत केही वर्षदेखि नेपाल सरकारले पनि यसमा सकृय सहभागिता जनाउन थालेको छ । यो पटक देशका प्रधानमन्त्री नै सहभागि भएर यो दिवश मनाईदैछ । यस अवसरमा सरकारले केही महत्वपुर्ण घोषणा समेत गर्ने तयारी गर्दैछ । यो सहकारीमा होमीएका हामी जस्ता सबैका लागि खुसीको कुरा हो ।
दिवश मनाउनु मात्रै ठुलो कुरा होइन । दिवशले बोकेको संदेश महत्वपुर्ण कुरा हो । सन् २०१२ लाई संयुक्त राष्ट संघले नै वर्षभरि अन्तराष्टिय सहकारी वर्ष मनाउने घोषणा गर्यो र संसार भरि नै विभिन्न कार्यक्रम गरेर यो सहकारी वर्ष सफल पार्ने कार्य भयो । नेपालमा पनि धुमधानका साथ मनाईयो । सहकारी वर्षमा अन्तराष्टिय सहकारी महासंघले मुख्य गरि प्रत्येक देशका सरकारलाई सहकारी मैत्री हुने गरि ऐन कानुन निर्माणमा लविड. गर्ने र सहकारी व्यवसाय अपनाएर उत्पादन बढाउने, बेरोजगारी कम गर्ने, सामाजिक न्यायका आधारमा समृद्ध र समुन्नत समाज निर्माणको लक्ष बोकेको थियो । यी लक्ष पुरा गर्न सहकारी वर्ष सकिए पछि पनि सहकारी दसक मनाउने घोषणा भएको थियो । अहिले २०१९ सम्म आईपुग्दा सहकारी दशकको उत्तरार्धतिर आइपुगेका छौं । लक्ष कति पुरा भयो यसको समिक्षा भईरहेको होला । अहिले संयुक्त राष्टसंघले लिएको दिगो विकास लक्ष २०३० पुरा गर्न विश्वभरिबाट विभिन्न देशका सरकार सँगै विश्वभरिको सहकारी अभियान सकृय भएको छ र नेपाल सरकारले समेत संयुक्त राष्टसंघले तय गरेको दिगो विकास लक्ष प्राप्तिका लागि सहकारीलाई भरपर्दो सहयात्री घोषणा गरेको छ । अब सरकारको पनि जिम्वेवारी छ कि नेपालमा दिगो विकास लक्षलाई पुरा गर्न यहाँका सहकारीलाई सबै हिसावले सक्षम बनाउनु पर्छ र सहकारी संघसंस्था र अभियानले पनि अभैm व्यवस्थित, सकृय, सुदृढ, शसक्त र लक्ष एवं उद्देश्य केन्द्रित हुन आवश्यक छ ।
नेपालमा सहकारीको संख्यात्मक विकास धेरै नै भएको छ । अझ शहरमा यसको व्यापकता उदेक लाग्दो नै छ । सहकारीको मर्म, उद्देश्य र आवश्यकतालाई हेर्दा यो अभियान जहाँ पुग्नु आवश्यक छ त्यहाँ अभैm राम्ररी पुग्न नसकेको भान हुन्छ । यसको अर्थ यो पनि होइन कि सहकारी शहरमा आवश्यक छैन भन्ने हुदै होइन । यसको अर्थ सहकारी शहर गाउँ सबैतिर आवश्यक छ । अहिले शहरमा संख्यात्मक हिसावले आवश्यकता भन्दा बढी भए तर गाउँमा कम छन् वा गाउँमा सहकारीको सेवा जति हुनुपथ्र्यो त्यति भएन भन्ने हो ।
संख्यात्मक हिसावले नेपालमा सहकारी सारै धेरै भएका छन् । अब यसमा गुणात्मक विकास हुन जरुरी छ । सहकारीको गुणात्मक विकास नभई यसले अपेक्षित उपलव्धि हासिल गर्न सक्दैन । किनकि सानासाना पुँजिका सहकारीले सदस्यको वित्तिय आवश्यकता सम्वोधन गर्न सक्दैन । सानो पुँजिले ठुला व्यवसाय सञ्चालन गर्न सक्दैन । बस्तुको उत्पादन र सेवाको लागत कम गर्न होस् वा गुणस्तरिय सेवा दिन उच्चतहको प्रविधि, जनशक्ति आवश्यक हुन्छ यो सानो पुँजिले सम्भव हुदैन । त्यसो भए पछि सहकारीको व्यवसाय ठुलो हुन सक्दैन । धेरैलाई स्तरिय सेवा दिन सकिदैन । बजारमा अरुसँग प्रतिश्पर्धामा टिक्न सकिदैन । त्यसो भयोभने सहकारीको व्यवसाय बजारबाट खुम्चिन वाध्य हुन्छ । त्यसैले धेरै संख्यामा भएका सहकारीको व्यवसाय जोखिममा छ । सहकारी सहकारी बिचको एकिकरण गरेर सहकारीको पुँजि र क्षमता बढाउन आवश्यक भएको छ । यो कार्यमा सबैको ध्यान जान जरुरी छ ।
शहरमा भएका धेरै सहकारी शुसासनमा नरहेको आरोप लाग्ने गरेको छ । यो फगत आरोप मात्रै होइन । यहाँ सहकारीको विकास २०५० साल पछि भयो । यही समयमा धेरै राजनीतिक उतारचढाव भए । लामो समय देश सक्रमणमा रहन पुग्यो । सरकार कमजोर बन्यो । सबै क्षेत्रमा चरम बिक्रिति हुन पुग्यो । यो समयमा सहकारीको नियन्त्रण र नियमन फितलो हुन पुग्यो । यही समयमा हुर्केका धेरै सहकारीमा शुसासनको अभाव हुन गयो । शुसासनको अभावमा सहकारी धरापमा पर्ने, असफल हुने, बन्द हुने र बचत कर्ताको जम्मा भएको केही रकम जोखिममा पनि पर्यो । केही सहकारी जोखिममा परे पनि द्वन्दको समयमा होस् वा वित्तिय पहुँच एकदमै न्युन भएको समुदायमा सहकारीकै कारण धेरैको जीवनमा कायापलट भएको धेरै उदाहरण छन् । यसले महिला शसक्तिकरणदेखि सिमान्त समुदायमा वित्तिय पहुँच बढाउन ठुलो भुमिका खेलेको कुरालाई भुल्नु हुदैन ।
जोखिममा परेका सहकारीहरु मुख्य त दुई कारणले परे । एउटा नियत नराम्रो नभए पनि सिकाईको कमि र सहि कर्मको अभाव र अर्को नियत नै खराव । नियत खराव भएकालाई कार्वाही र सुध्रन चाहनेलाई सुधार्नु सरकार र अभियानको जिम्वेवारी हो ।
अहिले चलिरहेका मध्ये केही सहकारी अपारदर्शी भएको आरोप छ । यिनको कारोवार र गतिविधि नियमसंगत छैन । एउटा कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले भन्नु भएको थियो सहकारीलाई सरकार सहयोग गर्न सधै तत्पर छ तर सहकारी पनि सहकारी जस्तो हुनुपर्यो । सहकारी ऐन २०७४ ले सहकारीलाई निजि व्यवसाय जस्तो गरेर नियम विपरित चलाउने र सिमित व्यक्तिले मात्रै लाभ लिने कुरालाई रोक्ने कोशिस गरेको त छ तर यसको कार्यन्वयन कसरी हुन्छ त्यो हेर्न बाकी नै छ ।
सहकारी सामाजिक व्यवसाय हो । तर यो व्यवसायको दायरामा मात्रै सिमित छैन । यसले सामाजिक न्याय, सहकार्य, सबैको लागि वित्तिय पहुँचको सुनिश्चितता, कमजोरलाई सुरक्षा जस्ता महत्वपुर्ण कुरामा सहयोग गरेर एउटा समुन्नत समाजको निर्माण गर्न, गरिविको अन्त्य गर्न र वातावरणको रक्षा गर्न प्रभावकारी साधन बन्न सकेको छ । त्यसैले सहकारीलाई विश्वभर रुचाईएको छ । हुन पनि जहाँ सहकारी अभियान सफल र सबन बनेको छ त्यहाँ सामाजिक द्वन्द, गरिवि, हिंसामा उल्लेख्य कमी भएको छ ।
सहकारी गरिव समुदायका लागि मात्रै भन्ने बुझाई पनि छ । यो बुझाई अपुर्ण छ । सहकारीको पवित्र उद्देश्य सम्पन्न र समुन्नत समाज निर्माण गर्ने मात्रै होइन त्यो समाजका आवश्यकताको न्यायपुर्ण परिपुरण गर्ने पनि हो । त्यसैले आजका अति नै विकशित समाजमा पनि सहकारीको प्रभाव र महत्व अझ धेरै भएको छ । त्यसैले सहकारी समाजको जुनसुकै अवस्थामा पनि महत्वपुर्ण रहेको छ, रहने छ भन्ने कुरामा विश्वास गर्न सकिन्छ ।
नेपालमा मनाउने गरेको सहकारी दिवशले सहकारी भित्रका समस्याको सम्वोधन गर्ने, नीति नियमको सरलिकरण गर्ने, सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालना गर्ने गराउने कार्यमा सबैको प्रभावकारी पहल हुन आवश्यक छ । यो दिवशले सहकारीको उद्देश्य बमोजिमको बलियो र प्रभावकारी सहकारी अभियानमा सफलता मिलोस् । सबैमा शुभकामना । सल्लाहाकार, राष्टिय सहकारी विकास बोर्ड
एवं पुर्व सञ्चालक राष्टिय सहकारी महासंघ